नेपाली

“सेकेन्ड डेट” स्पाइवेयर अमेरिकी ह्याकरको अर्को प्रमाण

criPublished: 2023-09-15 19:42:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा साइबर आक्रमण गरिएको मुद्दामा प्रमुख सफलता हात परेको छ। चिनियाँ कर्मचारीले “सेकेन्ड डेट” नामक जासुस स्पाइवेयरको विश्लेषण गरी अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका कर्मचारी बसेको क्षेत्र निश्चित गरेका छन्। जुन अमेरिकी सरकारले अरू मुलुकमाथि साइबर आक्रमण गरेको अर्को प्रमाण बनेको छ।

चिनियाँ कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्रको प्रतिवेदन अनुसार, “सेकेन्ड डेट” स्पाइवेयर अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले बनाएको साइबर जासुसी हतियार हो यसले नेटवर्क ट्राफिक इभड्रपिङ र अपहरण, म्यान-इन-द-मिडल आक्रमण र मालिसियस कोड घुसाउने जस्ता खराब कार्यहरू महसुस गर्नसक्छ, साथै जटिल नेटवर्क "जासुसी" गतिविधि पूरा गर्न अन्य मालवेयरसँग पनि सहयोग गर्न सक्छ। यसबाहेक चिनियाँ कर्मचारीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीद्वारा टाढाबाट नियन्त्रित स्प्रिङबोर्ड सर्भर पनि भेटाएको छ तीमध्ये धेरैजसो जर्मनी, जापान, दक्षिण कोरिया, भारत र चीनका थाइवानमा पर्छन्। यसरी नै अमेरिकाले लक्षित प्रयोगकर्ताबाट लामो समयसम्म गोप्य कुरा चोर्न सक्छ र कुनै पनि समयमा लक्षित नेटवर्कमा थप साइबर आक्रमणकारी हतियार प्रदान गर्न सक्छ।

लगभग एकै समयमा अमेरिकी रक्षा मन्त्रालयले सन् २०२३ साइबर रणनीति सारांश सार्वजनिक गरी तथाकथित “चीनको धम्की”बारे फेरि प्रचार गरेको छ। धेरै अमेरिकी मिडियाको विचारमा चीनलाई अमेरिकाको रक्षा मन्त्रालयबाट साइबर सुरक्षा क्षेत्रको सबभन्दा ठूलो धम्कीको रूपमा राखिएको छ। तर वास्तवमा अमेरिका नै सबभन्दा ठूलो साइबर सुरक्षा धम्की हो।

संसारभरि अन्धाधुन्ध निगरानी र गोपनीयता चोरीमा को संलग्न छ? ग्लोबल साइबरस्पेसमा सबैभन्दा ठूलो खतरा को हो? अमेरिकाले आफ्नै कार्यशैलीद्वारा जवाफ दिइसकेको छ। चीनको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीमा साइबर आक्रमण गरिएको मुद्दामा सफलता मिलेबाट बाह्य साइबर आक्रमणको प्रतिरोध गर्ने चीनको क्षमता र विश्व साइबर सुरक्षाको संरक्षण गर्ने चीनको अटोठ देखिएको छ। विभिन्न मुलुकको साइबर सुरक्षा रचना क्षमताको निरन्तर विकास भएसँगै साइबरस्पेसमा अमेरिकाको प्रभुत्ववादी युग अन्त्य हुने विश्वास छ।

Share this story on

Messenger Pinterest LinkedIn