नेपाली

किन आइएईएको प्रतिवेदनबाट जापानी आणविक प्रदुषित पानीको निष्काशन योजनालाई सफा पार्न सकिँदैन?

criPublished: 2023-07-05 19:01:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“यसले सर्वसाधारणको चिन्तालाई मेटाउन सक्दैन। हामीले आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशन गर्ने कुराको विरोध गरेका छौँ!” अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी आइएईएले ४ तारिख जारी गरेको जापानी फुकुसिमा आणविक प्रदुषित पानीको निष्काशन सम्बन्धी मुल्याङ्कन प्रतिवेदन पढेपछि जापानी मियाकी केन जिल्लाको मत्स्य व्यवसाय समितिका प्रमुख हारूहिको तेराजावाले आफू निकै चिन्तित रहेको व्यक्त गर्नुभएको छ।

उहाँ जस्तै अधिकांश जापानी सर्वसाधारणले के ठहर गरेका छन् भने उक्त प्रतिवेदनमा लेखिएको “जापानको प्रदुषित पानीको निष्काशन योजना अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुकूल हुने” भनाइ प्रमाणित छैन। गणतन्त्र कोरियाका धेरै गैर-सरकारी समाजहरूले उक्त प्रतिवेदन जापानलाई आश्रय दिने बूटी बन्न नसकिने र प्रदुषित पानीको निष्काशन कारवाईलाई सामान्यीकरण बनाउन नसकिने विचार व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको एउटा प्रतिवेदनबाट जापानी आणविक प्रदुषित पानीको निष्काशन योजनालाई सफा पार्न सकिँदैन। जापान सरकारले विभिन्न पक्षसमक्ष सम्बद्ध जिम्मेवारी लिँदै निष्ठापूर्वक समुद्रमा प्रदुषित पानीको निष्काशन बाहेकका अन्य निष्काशन उपायको अनुसन्धान गर्नुपर्ने कुरामा पनि जापानी मियाकी केन जिल्लाको संसदका सभामुख ज्युती होयीले जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn