नेपाली

अर्जेन्टिनाले पहिलोपटक चिनियाँ युआनबाट विदेशी ऋण तिरेबाट के देखिन्छ?

criPublished: 2023-07-04 18:57:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन ३० तारिख अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई चिनियाँ युआनमार्फत् सोही दिन म्यादको अन्तिम दिनको अवस्थामा २ अर्ब ७० करोड अमेरिकी डलर ऋण तिरेको छ।

अर्जेन्टिनाले चिनियाँ युआनबाट विदेशी ऋण तिरेको यो पहिलो पटक हो। एक दिन अगाडिमात्रै अर्जेन्टिनाको केन्द्रीय बैंकले चिनियाँ युआनलाई अर्जेन्टिनाको बैंकिङ प्रणालीमा बचत तथा झिक्न सक्ने मुद्राको रूपमा राख्ने घोषणा गर्दै अर्जेन्टिनाको बैंकिङ संस्थामा चिनियाँ युआनको बचत सम्बन्धी खाता खोल्न अनुमति दिएको थियो।

चालू वर्षदेखि चीन र अर्जेन्टिना बीचको बैकिङ सहयोग तीव्र गतिले बढ्दै आएको छ। दुई देशले बैंकिङ सहयोगको विस्तार गरेको कुराले दुई पक्ष बीचको स्वस्थ आर्थिक तथा व्यापारिक सम्बन्ध अभिव्यक्त भएको छ। अर्जेन्टिनाका लागि चिनियाँ युआनको उपयोग अर्जेन्टिनासामू देखापरेको सबैभन्दा जरुरी समस्याको समाधान गर्न उपयोगी हुने छ। चीनका लागि अर्जेन्टिनासँग विनिमय गर्नु पनि चीनका लागि हितकर हुने छ।

ल्याटिन अमेरिकाको तेस्रो ठूलो आर्थिक समूदायको रुपमा अर्जेन्टिनाको उक्त गतिबिधि एउटा नमूना हो। हाल ब्राजिल तथा अर्जेन्टिना लगायत मुलुकहरुको कोसिसमा ल्याटिन अमेरिकाका अरु मुलुकहरुले “अमेरिकी डलरको प्रभावलाई घटाउने” योजना बनाएका छन्, जसले स्वतन्त्र विकासको बाटोमा लाग्ने धेरै विकासोन्मुख मुलुकहरुको अभिलाषा प्रतिबिम्बित गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn