नेपाली

फोहोरबाट ऊर्जा उत्पादन गर्ने उपकरण जापान निर्यात सुरु

criPublished: 2023-07-04 18:58:45
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हेटौँडा उपमहानगरपालिका–८ स्थित कमानेमा रहेको यामतो इन्टरनेसनल प्रालिले फोहोरबाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरण उत्पादन गरी जापान निर्यात सुरु गरेको छ।

कम्पनीले जापानी कम्पनीसँगको सहकार्यमा निर्माण गरेको अत्याधुनिक प्रविधिको वैकल्पिक नवीकरणीय ऊर्जा विद्युत्, सिएनजी ग्यास र हरियो हाइड्रोजन उत्पादन गर्ने मेसिन उपकरण आइतबारबाट जापान निर्यात सुरु गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

फोहरबाट विद्युत्, मेथन (सिएनजी) ग्यास, हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधि विकास गर्ने जापानी वैज्ञानिक यामाजी मासामुराको प्राविधिक सहयोगमा हेटौँडामा यामतो युडब्लुएस नामक उपकरण उत्पादन गरी जापानी उद्योगी व्यवसायीको माग अनुसार जापान निर्यात गरेको यामतो इन्टरनेसनल प्रालिले जनाएको छ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कम्पनीले उत्पादन गरेका कुहिने फोहोरबाट नवकरणीय ऊर्जा उत्पादन उपकरणको अवलोकन गर्दै आइतबार उद्योग परिसरमा आयोजित कार्यक्रममा ती उपकरण निर्यात कार्यको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा उहाँले नेपालमा पछिल्लो समयमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उपकरणले समस्या समाधानमा सहयोग पुग्ने बताउनुभयो। उहाँले विद्युत् र हरियो हाइड्रोजन ग्यास उत्पादन गर्ने मेसिन नेपालमा नै उत्पादन हुनु नेपालका लागि लाभको विषय भएको बताउँदै तीनै तहको सरकारले यसको उपयोग गर्न आवश्यक कानुन निर्माण र समन्वय गर्नु आवश्यक भएको बताउनुभयो।

यामतो इन्टरनेसनल प्रालि हेटौँडाका सञ्चालक कृष्ण खतिवडाले आफूहरूले उत्पादन गरेको उपकरण तेस्रो पटक जापान निर्यात गर्न लागेको यो प्रविधिको माग भारतलगायत देशबाट भइरहेको बताउँदै देशभित्रै पनि प्रयोग गर्ने वातावरण निर्माण आवश्यक भएको बताउनुभयो। पहिले वातावरणमैत्री फोहोर व्यवस्थापन र हिट इनर्जी मात्र रहेकामा अब हरियो हाइड्रोजन उत्पादन गर्ने प्रविधिको उपकरण उत्पादन गरिएको उहाँले बताउनुभयो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn