नेपाली

राजनीतिक कोलाहल बीच चीन-युरोपको सहमतिमा कुनै बाधा छैन

criPublished: 2023-06-25 19:26:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन २४ तारिख चीनका प्रधानमन्त्री ली छ्याङ जर्मनी र फ्रान्सको भ्रमणपछि पैचिङ फर्कनुभएको छ। गत हप्तामा उहाँले दुई देशका राजनीतिक, औद्योगिक, वाणिज्य क्षेत्रका व्यक्तिसँग व्यापक रूपमा कुराकानी गरी चीनको विकासबाट विश्वलाई मौका ल्याइने तर जोखिम नहुने कुरामा जोड दिनुभएको छ। जर्मनी र फ्रान्सका नेताले स्पष्ट भन्नुभएको छ कि डिकप्लिङको विरोध गर्नुकासाथै कुनै पनि किसिमको शिविर द्वन्द्वको विरोध गर्छ। परिवर्तित अन्तर्राष्ट्रिय स्थितिमा चीन र युरोपबीच डिकप्लिङ नहुने सहमति सम्पन्न भएबाट विश्वलाई बढी निश्चितता प्रदान गरिएको छ।

यस वर्ष चीन-युरोप व्यापक रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सव हो। दुई पक्षबीच इतिहास, संस्कृति, विकास स्तर, विचारधारा भिन्न भएकोले एकआपसबीच केही विषयबारे विचार फरक हुनु सामान्य छ। चीन र युरोपबीच स्वार्थको आधारभूत द्वन्द्व छैन तर बलियो सहयोगको माँग छ। यो नै चीनका प्रधानमन्त्रीको युरोप भ्रमणबाट पूर्ण रूपमा प्रतिबिम्बित भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn