नेपाली

तथ्य सामु तिब्बतलाई हिलो छ्याप्ने भनाइहरू विफल हुने

criPublished: 2023-05-24 20:06:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२२ को डिसेम्बर महिनामा तिब्बतका एकजना ट्रक चालक मा ची आनले एउटा के राम्रो खबर पाएका छन् भने नाछ्युबाट ल्हासासम्म जाने एक्सप्रेस मार्ग ढुवानीका ट्रकहरूका लागि खुला भएको छ। त्यसको अर्थ के छ भने पहिले कम्तीमा ६ घण्टा लाग्ने दुरी अहिले साढे ३ घण्टामा झरेको छ। त्यसैगरी चालक माको तेल खर्च र समयको पनि किफायत हुनुका साथै ट्रकको नोक्सानी पनि कम हुने भएको छ।

तिब्बत विश्वको छानो भनिने छिङहाई-तिब्बत पठार भूमिमा अवस्थित छ। त्यहाँको यातायात बाह्य जगतले तिब्बत विकासको सर्वेक्षण गर्ने एउटा राम्रो झ्याल नै हो। पहिलेका साँघुरा बाटाहरूबाट अहिले राजमार्ग, रेलमार्ग र हवाइ सम्मिलित मिलिजुली यातायात प्रणालीको रूपमा परिणत गरिएको छ। ती “आकाशे मार्गहरू”बाट तिब्बतको बदलिँदो परिवर्तन र विकास प्रतिबिम्बित गरिएको छ।

तिब्बत राम्रो छ। त्यसको आधार चीन राम्रो हुनुपर्छ। हाल चीनले जोडतोडसँग चिनियाँ ढाँचाको आधुनिकीकरणको निर्माणलाई अघि बढाएको सिलसिलामा तिब्बत पनि विकासको नयाँ शुरूवातमा उभिएको छ। आफ्नो विकास देशको विकाससँग घनिष्ट रूपमा जोडिएपछि तिब्बतको मानव अधिकारमा अझ ठूलो परिधिको प्रत्याभूति दिन सकिनेछ। साथै तिब्बतका सर्वसाधारणको जीवन झन् सुमधुर हुनसक्छ। तथ्य सामु तिब्बतलाई हिलो छ्याप्ने भनाइहरू विफल हुनेछन्।

Share this story on

Messenger Pinterest LinkedIn