नेपाली

सावधान!अमेरिका, बेलायत र अस्ट्रेलियाले “पाण्डोरा बाकस” खोल्दै छ

criPublished: 2023-03-15 10:21:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार, मार्च १३ तारिख अमेरिका, बेलायत र अस्ट्रेलिया तीन मुलुकका नेताहरुले भेटवार्ता गर्दै अस्ट्रेलियालाई आणविक पनडुब्बी प्रदान गर्ने योजना सार्वजनिक गरेका छन्। तीन पक्षको संयुक्त वक्तव्यका अनुसार, अमेरिकाले यस शताब्दीको ३० औँ दशकको प्रारम्भमा अस्ट्रेलियालाई तीन वटा “भर्जिनिया क्लास आणविक पनडुब्बी” विक्री गर्ने र पछि फेरि दुई वटा पनडुब्बी विक्री गर्नसक्ने छ। यसका साथै तीन मुलुकले अमेरिका तथा बेलायतको प्रविधिको आधारमा एक किसिमको नयाँ आणविक पनडुब्बीको संयुक्त रुपमा उत्पादन गर्ने योजना बनाएका छन्। अस्ट्रेलिया सेनाका अधिकृतले २ खर्ब ४५ अर्ब अमेरिकी डलरको खर्च लाग्ने उक्त योजना सन् २०५५ मा पूरा हुने अनुमान गरेका छन्।

अमेरिका, बेलायत र अस्ट्रेलियाले आणविक पनडुब्बी जहाज सम्बन्धी सहयोग गर्ने योजना घोषणा गरेको केही दिन अघि अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीको सम्मेलन भिएनामा आयोजना गरिएको थियो। चीनको प्रयासमा अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीले निरन्तर रुपमा सात पटक सरकार बीचको छलफलबाट ती तीन मुलुक बीच आणविक पनडुब्बी सम्बन्धी सहयोगमाथि लेखाजोखा गरेको थियो, अत्याधिक मुलुकहरुले यस सहयोगको कडा रुपमा विरोध जनाएका थिए। तथापि अमेरिका, बेलायत र अस्ट्रेलियाले अरु मुलुकहरुको विरोधलाई बेवास्ता गरी उक्त योजना सार्वजनिक गरेका छन्। यदि यस योजना कार्यान्वयन गरिएमा एसिया प्रशान्त क्षेत्रको शान्ति र स्थिरता विथोलेर अन्तर्राष्ट्रिय आणविक अप्रसार प्रणाली ध्वस्त हुने छ। उनीहरुको गतिविधि “पाण्डोरा बाकस” खोलेजस्तै धेरै खतरा ल्याइने छ।

Share this story on

Messenger Pinterest LinkedIn