नेपाली

चिनियाँ पर्यटकहरुलाई भेदभाव गरे उनीहरूलाई नै क्षति पुग्ने

criPublished: 2023-01-19 18:42:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनले कोरोना महामारीको प्रतिरोध तथा नियन्त्रण सम्बन्धी नयाँ अवधिमा प्रवेश गरेपछि चीन र विदेश बीचको आवतजावत अरु सुविधाजनक बनेको छ। अन्तर्राष्ट्रिय समाजले यसलाई स्वागत गरेको छ। तथापि थोरै मुलुकहरुले विज्ञान तथा वास्तविकता विपरीत चिनियाँ पर्यटकमाथि भेदभाव गर्दै आफ्नो मुलुक प्रवेशलाई कुण्ठित बनाएका छन्। त्यसप्रति चीनले पनि वास्तविकता बमोजिम बराबर प्रतिक्रिया जनाएको छ। जसको उद्देश्य चिनियाँ नागरिकहरुको वैधानिक हक हितको संरक्षण गरिनुका साथै मुलुकहरु बीचको सामान्य आदानप्रदान तथा सहयोगका लागि आवश्यक वातावरण संरक्षण गरिनु हो।

अमेरिका, जापान र दक्षिण कोरिया तीन मुलुक ती थोरै मुलुकहरुको प्रतिनिधित्व गर्छन्। जापान र दक्षिण कोरिया चीनका छिमेकी मुलुकहरु हुन् र तिनीहरु र चीनबीचको आर्थिक सम्बन्ध घनिष्ठ रहेको छ। चीनसँग सामान्य व्यक्तिगत आवतजावतको स्वागत नगर्ने कारण नभएको देखिन्छ। तथापि एसियामा अमेरिकाका मुख्य संगाती मुलुकहरुको रुपमा अमेरिकाले इन्डो-प्रशान्त रणनीतिलाई धुमधामसँग अघि बढाएको पृष्ठभूमिमा तिनीहरुले अमेरिकासँगै मिलेर चिनियाँ पर्यटकहरुलाई आफ्नो मुलुक प्रवेश गर्न सीमित पार्ने कदम चालेको कुरा बुझ्न सकिन्छ।

चीन, जापान र दक्षिण कोरिया छिमेकी मुलुक हुन्। विगत तीन वर्षमा उनीहरुले एकीकृत भएर महामारीको प्रतिरोध गरेका थिए। हाल देखा परेको यस्तो समस्या खेद लाग्दो कुरा हो। तथापि त्यसको जिम्मा चीनले वहन गर्नु जरूरी छैन। यस्तो बेलामा तिनीहरुले राजनीतिक नाटक गरेमा मुलुकहरु बीचको आदान प्रदान र सहयोगको स्थितिलाई बिगार्ने छ। तिनीहरुले राम्रोसँग सोच विचार गर्नुपर्छ र गलत बाटोमा निरन्तर रुपमा हिंड्नुहुँदैन।

Share this story on

Messenger Pinterest LinkedIn