नेपाली

विश्वमा जीडीपीको मात्रा सबैभन्दा बढी भएको मुलुक निरन्तर रुपमा चीन

criPublished: 2023-01-19 18:42:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन राष्ट्रिय तथ्यांक ब्यूरोले जनवरी १७ तारिख सन् २०२२ को चीनको आर्थिक तथ्यांक सार्वजनिक गरेको छ,प्रारम्भिक हिसाबका अनुसार,गत वर्ष चीनको कूल गार्हस्थ उत्पादन मात्रा १२१० खर्ब २ अर्ब ७० करोड चिनियाँ युआन पुगेको छ। जुन सन् २०२१ को तुलनामा ३ प्रतिशतले वृद्धि हो। सन् २०२० मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा १००० खर्ब चिनियाँ युआन पुगेको थियो र सन् २०२१ मा ११०० खर्ब चिनियाँ युआन पुगेपछि चीनको कूल गार्हस्थ उत्पादन मात्रा फेरि नयाँ स्तरमा पुगेर १२०० खर्ब चिनियाँ युआन नाघेको हो।

समष्टिगत रुपबाट हेर्दा सन् २०२२ मा चीनको आर्थिक स्थिति “स्थिरताका साथ बढेको छ”। एकातिर आर्थिक मात्रा समुचित रुपमा बढेको आधारमा रोजगारी र मालसामानहरुको भाउको स्थिरता कायम छ। अर्कातिर चीनले गुणस्तरिय विकासलाई अघि बढाउँदै आएको छ। सिर्जना सम्बन्धी प्रेरक शक्ति निरन्तर रुपमा संकलन भएको कुराले चीनको गुणस्तरिय विकास तथा विकास सम्बन्धी नयाँ रुपरेखाको निर्माणलाई अघि बढाउँदै आएको छ।

चीनमा महामारीको प्रतिरोध तथा नियन्त्रण नयाँ अवधिमा प्रवेश भएको सिलसिलामा चीनको अरु बढी आर्थिक प्रेरक शक्ति रहँदै आएको छ। अहिलेसम्म चीनको आन्तरिक उडानको संख्या सन् २०१९ को ८० प्रतिशत भन्दा बढी पुगेको छ।

नयाँ वर्षमा अन्तर्राष्ट्रिय वातावरण जटिलताका साथ परिवर्तन भएको र चीनको आर्थिक पुन:उत्थानको आधार दरिलो नभएतापनि चीनको आर्थिक स्थितिमा सुधार गर्नेछ। विश्वको प्रख्यात व्यवसायी एवम् लगानीकर्ता लार्स टभेदको भनाई अनुसार,“विश्वमा जीडीपीको वृद्धि मात्रा सबैभन्दा बढी भएको मुलुक यथावत रुपमा चीन हो”।

Share this story on

Messenger Pinterest LinkedIn