नेपाली

नयाँ युगमा चीन र नेपालको शान्तिपूर्ण विकास

CRIPublished: 2022-12-04 18:21:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

समृद्ध नेपाल खुशी नेपाली नारा नेपालीहरूका लागि विकास सम्बन्धी सर्वविदित नारा हो। यसमा नेपाली जनताले देशको समृद्धि तथा धनी जनजीवनको सरल अपेक्षा देखिन्छ। हालै नेपालमा आम निर्वाचन सम्पन्न हुन लागिरहेको छ र विकासको नयाँ चौबाटोमा उभिइरहेका नेपालीहरूले विकासको नयाँ मौका पाउने हार्दिक अपेक्षा व्यक्त गर्दछौँ।

यता नेपालको असल छिमेकी चीनमा केही समयअघि चिनियाँ कम्युनिष्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशन आयोजित भयो जसलाई विकासको नयाँ शुरूआतको रूपमा मानिन्छ। सो महाधिवेशनको कार्य प्रतिवेदनमा ‘चिनियाँ शैलीमा आधुनिकिकरण’ प्रस्तुत गरियो जसको अर्थ चीनले आफ्नो अवस्था बमोजित शान्तिपूर्ण विकास बाटोमा हिँड्दै सम्पूर्ण जनता संयुक्त रूपमा धनी बन्ने आधुनिकीकरण रहेको छ।

यसो हेर्दा चीनको विकास लक्ष्य र नेपालीहरूको विकास अभिलाषासँग मिल्दोजुल्दो रहेको छ।

प्राचीनकालदेखि नै चीनमा ‘विश्व मेलमिलापयुक्त’ भन्ने घारणा चल्दै आइरहेको छ। देशको समृद्धि तथा सामाजिक प्रचुरता नै सम्पूर्ण विश्वमा रहेका विभिन्न मुलुक वा भिन्नाभिन्न जनजातिहरूको साझा उद्देश्य हो। आफ्नो देशको शान्तिपूर्ण विकास हुनुका साथै विश्वका विभिन्न मुलुकहरूसँग सहकार्य गर्दै साझा जीत र साझा विकास सँगसँगै गर्नुपर्छ। यो नै चीनले प्रस्तुत गरेको मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणको मुख्य विषय पनि हो।

नेपाली पत्रकार किशोर श्रेष्ठले ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनले विश्व शान्ति तथा विकासमाथि ध्यान दिनुका साथै मानव भाग्य समुदायको निमार्णमा जोड दिएको जसले विभिन्न देशहरू साझा विकास हुने धारणा देखाएको बताउनुभयो। यो वर्तमानको विश्वका लागि सबैभन्दा आवश्यक र दक्षिण एशियाका विकासुन्मुख मुलुकका लागि ज्यादै महत्वपूर्ण छ। नेपालजस्तै छिमेकी मुलुकका लागि विकास बाँड्ने धारणाले अझ बढी मौका खुल्ने र अझै राम्रो भविष्यको तयार गर्नेछ।

छिमेक भएको चीनको नयाँ विकासले नेापललगायत बहुमुलुकलाई अवश्य नै नयाँ अवसर दिनेछ। दक्षिय एशियामा “बेल्ट एण्ड रोड”को निर्माण गर्ने महत्वपूर्ण साझेदारीको हैसियतमा सन् २०१७ “बेल्ट एण्ड रोड” सहयोग समृति-पत्रको सम्पन्नदेखि अर्थतन्त्र, व्यापार, लगानी, आधारभूत प्रबन्ध, सांस्कृतिक आदानप्रदान आदि क्षेत्रमा नेपाल र चीनका सबै सहयोगले सक्रिय प्रगति हासिल गरेका छन्।

हालै नेपालको आम निर्वाचन सम्पन्न हुन लागिरहेको छ। चीन पनि विकासको नयाँ यात्रा सुरू गर्नेछ। नेापल र चीन यी छिमेकी मुलुकहरूले नयाँ ऐतिहासिक चरणमा प्रवेश गर्नेछन्। नयाँ युगमा प्रवेश गरेका चीन र नेपालले ऐतिहासिक अवसरको प्रयोग गरेर हातमा हात मिले शान्तिपूर्ण विकासको नयाँ यात्रा सुरू गर्ने आशा गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn