नेपाली

एलीसी दरबारको रात्री भोजदेखि ह्वाइट हाउसको राष्ट्रिय भोजसम्म

CRIPublished: 2022-12-04 16:39:57
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समयअनुसार, डिसेम्बर २ तारिख फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोनले तीन दिने अमेरिका भ्रमण सम्पन्न गर्नुभयो। माक्रोनको अमेरिका भ्रमणको उद्देश्य अमेरिकाको “मुद्रास्फितिको घटौटी मस्यौदा”ले युरोपेली उद्योग-व्यवसाय छुट गर्नसक्ने आशा लिनु हो। तर उहाँले कुनै पनि फाइदा प्राप्न गर्नुभएको छैन।

चालु वर्षको अगष्ट महिनामा अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले “मुद्रास्फितिको घटौटी मस्यौदा”मा हस्ताक्षर गर्नुभयो। इलेक्ट्रोनिक मोटर गाडी र अरु हरित प्रविधि अमेरिकामा उत्पादन र प्रयोग हुन अगाडि बढाउनका लागि बढी रकमको भत्तालगायतका उत्प्रेरित कदम सार्वजनिक गरिएको छ। युरोपेली मुलुकहरू यसप्रति असन्तुष्ट भए। युरोपेली मुलुकहरूका विचारमा उक्त मस्यौदाले विश्व व्यापार संगठनको नियम उल्लंघन गरेको छ। युरोपको औद्योगिक उत्पादनको ह्रास गति प्रदान गरिनेछ। युरोपेली उद्योग-व्यवसायको उत्पादन लाइन अमेरिकातर्फ पुग्ने छ।

युरोपको हितको संरक्षण गर्नका लागि माक्रोनले अमेरिको भ्रमण गर्नुअघि राष्ट्रपति भवन एलीसी दरबारमा धेरै युरोपेली व्यापारीहरूका लागि रात्रिभोज दिनुभयो। माक्रोनले व्यापारीहरूले उत्पादन लाइनलाई युरोपमा निरन्तर रुपमा राख्ने आशा लिनुभयो।

अमेरिका पुग्नुभएको पहिलो दिन माक्रोनले “मुद्रास्फितिको घटौटी मस्यौदा”बाट युरोपेली उद्योग-व्यवसायमा पर्ने असरको आरोप लगाउनुभयो। माक्रोनले पनि अमेरिकाले फ्रान्सलाई “एक असल मित्र”को रुपमा बनाउनसक्ने आशा व्यक्त गर्नुभयो।

तर अमेरिकाले युरोपसँग माफ माग्नु नपर्ने तर अमेरिकाले अलिकति सामन्जस्यता गर्नसक्ने कुरा बताउनुभयो। बाइडेनले ठोस कदम प्रस्तुत गर्नुभएको छैन। जर्मनीको सञ्चार-माध्यमले जनाएअनुसार, आर्थिक हित विषयमा अमेरिकाको पहिलो छनौट आफू हो।

रुस र युक्रेनको द्वन्द्व सुरु भएयता युरोपले अमेरिकालाई पछ्याएर रुसमाथि धेरै चरणको नाकाबन्दी लगाएको छ। त्यसैले युरोपको सामु ठूलो ऊर्जा स्रोत संकट देखापरेको छ। हाल युरोपेली संघले अमेरिकाबाट प्राकृतिक ग्यासको आयात गर्ने मूल्य अमेरिकाभित्रको चार गुणा बढी छ।

बाइडेन सरकारले माक्रोनको स्वागत गर्न राष्ट्रिय भोज दिएकोमा ५ लाख अमेरिकी डलरको खर्च भएको छ। बाइडेनले राष्ट्रपतिको पद सम्हाल्नुभएयता राष्ट्रिय भोज दिनुभएकोमा यो पहिलो पटक हो। माक्रोन र युरोपका नेताहरूका लागि वाइट ह्वासको यो राष्ट्रिय भोज एलीसी दरबारको रात्री भोजभन्दा कठिन हो।

Share this story on

Messenger Pinterest LinkedIn