नेपाली

विश्व झन् उतारजढाव भएमा चीन र युरोपको सहयोग झन महत्वपूर्ण

CRIPublished: 2022-12-02 16:40:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर १ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा युरोपेली परिषद्का अध्यक्ष चार्लस मिचेलसँग भेट वार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन-युरोप सम्बन्धको भावी विकासबारे ४ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रत्युत्तरमा युरोपले चीनको भरपर्दो मित्र तथा सहयोग साझेदारी बन्ने इच्छा राखेको कुरा अध्यक्ष मिचेलले व्यक्त गर्नुभएको छ। जसबाट चीन तथा युरोपको सम्बन्धको विकास गर्ने सक्रिय इच्छा देखिएको छ।

यो चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सम्पन्न भएपछि चीनका सर्वोच्च नेता र युरोपेली संघका नेताबीच पहिलो वार्ता हो। मिचेल युरोपेली परिषदको अध्यक्ष नियुक्त भएपछि उहाँले गर्नु भएको पहिलो चीन भ्रमण पनि हो।

चीनयुरोप सम्बन्धबारे चीनले रणनीतिक उचाइ तथा दीर्घकालीन तर्फबाट मूल्याकन गरेको छ। वार्तामा राष्ट्राध्यक्ष सीले चीनको स्वादेशी तथा वैदेशिक नीतिको लक्ष्यबारे व्याख्या गर्नुभयो। जसबाट युरोपलगायत अन्तर्राष्ट्रिय जगतलाई स्थिरताको प्रतीक्षा प्रष्ट्याइएको छ।

सीले प्रस्तुत गर्नु भएको चार बुँदे प्रस्तावमा सही विचारधारालाई कायम, राम्रोसँग मतभेदको नियन्त्रण तथा व्यवस्थापन, अझ उच्चस्तरीय सहकार्यको विकास र अन्तर्राष्ट्रिय समन्वयात्मक सहकार्यलाई सबल पार्ने रहेका छन्। उहाँले प्रस्तुत गर्नुभएको ४ बुँदे प्रस्तावले चीन-युरोप सम्बन्धको भावी विकासबारे सही मार्ग देखाएको छ।

वार्तामा अध्यक्ष मिचेलले युरोपेली संघले एक चीनको नीति पालना गरेर चीनको सार्वभौमिक्ता तथा प्रादेशिक अखण्डताको सम्मान गर्नुका साथै चीनको आन्तरिक मामिलामाथि हस्तक्षेत्र नगर्ने वचन बद्धता व्यक्त गर्नुभयो। चीनसँग भाषी उच्चस्तरीय आदानप्रदान र प्रत्यक्ष वार्ता तथा सहयोगमार्फत्त गलती बुझाइ तथा निर्णयलाई कम पार्ने सहमति गरेको छ।

विश्वका दुईवटा ठूला अर्थव्यवस्थाका हैसियतमा चीन र युरोपले साँच्चिकै बहुपक्षीयताको पालना गरेर विश्वको शान्ति तथा विकासको साझा सुरक्षा गर्ने जिम्मेवारी वहन गरेका छन्। अन्तर्राष्ट्रिय परिस्थिति झन् उतारजढाव भएमा चीन र युरोपको सहयोग झन महत्वपूर्ण छ। चीन र युरोपबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको विकास भएर आपसलाई अझै बढी अवसर दिनुका साथै विश्वलाई अझै स्थिरता र निश्चिता थप्ने प्रतीक्षा विश्वले गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn