नेपाली

अमेरिकामा बन्दुक हिंसा झन् बढ्दै

criPublished: 2022-11-23 19:10:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गहिरिएर हेर्दा अमेरिकामा बन्दुक हिंसाको मूल कारण तथाकथित "बन्दुक संस्कृति" मा छ। धेरै अमेरिकीहरू विश्वास गर्छन् कि यो देशले पहिलो स्थानमा स्वतन्त्रता प्राप्त गर्न सक्षम हुनुको एउटा महत्वपूर्ण कारण मानिसहरूसँग बन्दुक हुनु थियो। सन् 1791 मा पारित अमेरिकी संविधानको दोस्रो संशोधनले हतियार बोक्ने जनताको अधिकारको रक्षा गर्दछ। त्यसयता अमेरिकी समाजमा बन्दुक संस्कृतिले जरा गाडेको छ। यस संस्कृतिको सार हिंसाको प्रशंसा र महिमा हो।

जीवनको अधिकार सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो। बन्दुक हिंसालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा अमेरिकामा मानव अधिकार मापन गर्न अन्तर्राष्ट्रिय समुदायको लागि महत्वपूर्ण मापदण्ड हो। अमेरिकी राजनीतिज्ञहरूका लागि बन्दुक हिंसाको समाधान गर्न असम्भव छैन, तर मुख्य कुरा उनीहरूले वास्तवमै यसलाई समाधान गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने हो।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn