नेपाली

सँगै मिलेर एसिया प्रशान्त भाग्य समुदयाको निर्माण

criPublished: 2022-11-20 20:52:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

एसिया प्रशान्त आर्थिक सहयोग संगठनको २९ औँ नेतागणको अनौपचारिक सम्मेलन १९ तारिख थाइल्याण्डमा सम्पन्न भएको छ। सम्मेलनताका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै एसिया प्रशान्त भाग्य समुदायको स्थापना गर्ने र क्षेत्रीय आर्थिक एकरूपतालाई प्रबर्द्धन गर्ने विषयबारे शृङ्खलाबद्ध महत्वपूर्ण प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ। उहाँको सम्बोधनलाई विभिन्न पक्षहरूले सक्रियताका साथ समर्थन गरेका छन्। सम्मेलनमा एपेक नेतागण घोषणा पत्र र जैविक वस्तुको चक्रबद्ध हरित अर्थतन्त्र सम्बन्धी बैंकक लक्ष्य गरी दुईवटा दस्तावेज पारित गरिएको छ। जनमतका अनुसार, राष्ट्राध्यक्ष सीको महत्वपूर्ण सम्बोधनले विश्वव्यापी सञ्चालनका लागि एसिया क्षणलाई उज्यालो पारेको छ। चीन पनि साझा चुनौतीको सामना गर्न विभिन्न पक्षलाई एकता पार्ने निर्देशनात्मक शक्ति बनेको देखिन्छ।

चीन एपेकको महत्वपूर्ण सदस्य भएकाले सन् २०१३ देखि यता राष्ट्राध्यक्ष सीले धेरैपटक गरी एपेक भेटघाटका चौतारोमा महत्वपूर्ण सम्बोधन गर्दै एसिया प्रशान्त भाग्य समुदयाको स्थापना गर्ने सैद्धान्तिक अडानलाई प्रकाश पार्नुभएको थियो। आधुनिकीकरण लक्ष्यतर्फ निरन्तर रूपमा हिँड्दै जाने चीनले आफ्नो नयाँ विकासमार्फत एसिया प्रशान्त क्षेत्र र पूरै विश्वका लागि अझ बढी नयाँ अवसरको सिर्जना गर्दै जानेछ।

Share this story on

Messenger Pinterest LinkedIn