नेपाली

हामीलाई के कस्तो वैश्विक विकास चाहिन्छ भन्ने प्रुश्नमा चीनको उत्तर

criPublished: 2022-11-16 20:32:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १६ तारिख दिउँसो जी २० को १७ औँ शिखर सम्मेलन इण्डोनेशियालको बाली टापुमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै “विकास”लाई केन्द्रीय शब्द बनाएर जी २० का सदस्यहरूले अझ सहिष्णु, अझ सहुलियत र अझ लचिलो वैश्विक विकासलाई अघि बढाउँदै जाने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। उहाँको सम्बोधनलाई अन्तर्राष्ट्रिय समुदायले विस्तृत रूपमा प्रशंसा गरेको छ।

विकास नै सबै समस्याको समाधान हुने मुख्य विन्दु हुनुका साथै पुनरूत्थानलाई प्रबर्द्धन गर्ने केन्द्रीय शक्ति पनि हो। वर्तमान अवस्थामा हामीलाई के कस्तो विकास चाहिन्छ र? उक्त शिखर सम्मेलनमा यस विवषयबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले अझ सहिष्णु, अझ सहुलियत र अझ लचिलो वैश्विक विकासलाई अघि बढाउँदै जाने ३ वटा प्रस्ताव प्रस्तुत गर्नुभएको छ। अन्तर्राष्ट्रिय जनमतले के ठहर गरेको छ भने राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको ३ वटा प्रस्ताव निकै आवश्यक र महत्वपूर्ण रहेकाले विश्व दिगो विकासमा जिवन्त शक्ति थपिदिएको मात्र नभई विश्व के भयो र हामी के गर्दैछौँ भन्ने युगाको समस्याको समाधानका लागि चिनियाँ बुद्धि पनि प्रदान गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn