नेपाली

बढी भन्दा बढी नयाँ उत्पादित वस्तुको पहिलो प्रदर्शनी आयात एक्स्पोमा

CRIPublished: 2022-11-09 16:19:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पाँचौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वव्यापी अथवा एशियाभरि वा चीनमा नयाँ उत्पादित वस्तुहरूको पहिलो प्रदर्शन लगातार आयोजना भइरहेको छ। केही पनि नजानेकाहरूलाई क्षणमै सिपालु प्राविधिज्ञ बनाइने अचम्मको प्लाइअर, एक बटनको साथ "सुपर आर्क चक्कु" सटीक रूपमा रोगको घाउहरूलाई हटाउनसकिने मेशिन लगायत १७० किसिमका नयाँ उत्पादित वस्तुहरू यसै एक्स्पोमा पहिलो पटक सार्वजनिक गरिएका छन्। गत वर्षको एक्स्पोको दाँजोमा चालू वर्षको एक्स्पोमा सार्वजनिक गरिएका नयाँ उत्पादित वस्तुको संख्या ४० प्रतिशतले वृद्धि भएको छ। ती नयाँ उत्पादित वस्तुहरूबाट दर्शकहरूलाई नयाँ अनुभव ल्याएको छ साथै एक्स्पोबाट विश्वका विभिन्न मुलुकका कम्पनीहरू बीच नवीन मौका बाँडचुँड गर्ने चौतारो पनि प्रदान गरिएको छ।

एकै चोटी यति धेरै नयाँ उत्पादित वस्तुको पहिलो प्रदर्शन चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई किन लक्षित गरिएको छ त?

१.४ अरब जनसंख्या भएको चीनमा ४० करोड जनसंख्या मझौला स्तरको आय पाउने समूहमा छन्। बितेका ५ वर्षयता, एक्स्पोमा भाग लिने व्यापारीबाट लगानीकर्तासम्म परिणत भएर अन्तर्देशीय कम्पनीहरूले एक्स्पोमार्फत् चीनको विशाल बजारमा नवीनतालाई व्यवहारमा उतारिरहेका छन्। यस पटकको एक्स्पोमा विभिन्न मुलुक तथा पक्षले विशाल चिनियाँ बजार तथा मौका बाँड्दै जाने चीनको वचनबद्धताले पनि अझ बढी अन्तर्देशीय कम्पनीहरूले उज्ज्वल भविष्यतिर अघि बढ्ने इच्छा व्यक्त गरेका हुन्।

आयात एक्स्पो नै चीनले खुलापनलाई विस्तार गर्ने झ्याल हो। खुलापनबाट पारस्परिक सहयोग प्रवर्द्धन गर्न सकिन्छ। बितेका ५ वर्षमा एक्स्पो नै अन्तर्राष्ट्रिय आर्थिक व्यापारिक सहयोगलाई गतिशील पार्ने इन्जिन बनेको छ।

नवीनतामार्फत् भविष्यलाई हातमा लिन सकिन्छ। एक्स्पोमा देखाइने हरेक नयाँ उत्पादित वस्तुले एक एक नयाँ व्यापार मौका, नयाँ किसिमको उत्पादकत्व र नयाँ जीवन बिताउने तरिकाको प्रतिनिधित्व गर्छन्। ती पहिलो प्रदर्शनहरूमा सहयोग मौका मात्र नभई अझ उज्ज्वल भविष्य पनि देख्न सकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn