नेपाली

जापानले आणविक प्रदूषित पानी डिस्चार्ज योजना तत्कालै रोक्नुपर्छ

criPublished: 2022-09-22 20:32:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“हामीलाई चिन्ता लाग्छ कि यसले फुकुशिमाको माछा उद्योगको सम्पूर्ण पुनःरूत्थान, मियाकीको माछा उद्योग तथा क्षेत्रीय अर्थतन्त्रलाई नकारात्मक प्रभाव पर्नेछ।” सेप्टेम्बर २१ तारिख जापानका केही लोकप्रिय दलले टोकियो इलेक्ट्रिक पावर कम्पनी र जापानको अर्थतन्त्र मन्त्रालयलाई ४२ हजार व्यक्तिको हस्ताक्षरपत्र बुझाएर फुकुशिमा आणविक ऊर्जा स्टेशनको आणविक प्रदूषित पानी डिस्चार्ज योजनाको विरोध गरेका छन्। त्यसबारे अरू कदममार्फत व्यवस्था गर्न जापानी सरकारलाई उनीहरुले आग्रह पनि गरेका छन्। ती विरोधीमध्ये धेरैजसो समुद्रतटवर्ती इवाते, मियाकी र फुकुशिमाबाट आएका हुन्। टोकियो न्युजका अनुसार, गत वर्षको जुनदेखि जापानमा २ लाख २१ हजार व्यक्तिले उक्त पत्रमा हस्ताक्षर गरेका छन्।

गत वर्षको अप्रिलमा जापान सरकारले सन् २०२३ को वसन्तदेखि समुद्रमा फुकुशिमा आणविक ऊर्जा स्टेशनको आणविक प्रदूषित पानी मिसाउने योजना घोषणा गरेको थियो। आणविक प्रदूषित पानी डिस्चार्ज गर्ने आफ्नो गतिबिधिलाई वैधानिक बनाउनका लागि जापानी राजनीतिज्ञले ती आणविक प्रदूषित पानी एएलपीएसबाट सफा गरेपछि मिसाइने व्यक्त गरेका थिए। एक वर्षयता उक्त भनाइ तथ्यबाट गलत भएको प्रमाणित भइ रहेको छ।

केही दिनयता टोकियो इलेक्ट्रिक पावर कम्पनीले खबर सार्वजनिक गरेको छ कि एएलपीएसमार्फत सफा गरेको फुकुशिमा आणविक ऊर्जा स्टेशनको आणविक प्रदूषित पानीको नमूना विश्लेषण गरेर स्ट्रन्टियम-90 को गतिविधि एकाग्रता जापानी राष्ट्रिय गुणस्तरको ३ गुना पुगेको छ। गत वर्षको जुनमा टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा आणविक ऊर्जा स्टेशनको आणविक प्रदूषित पानीबाट ट्रिटियमलाई फिल्टर गर्ने प्रविधिको संकलन गर्न समाजसमक्ष सार्वजनिक रूपमा आह्वान गरेको थियो। ती सबै कुराबाट प्रमाणित भएका छन् कि जापानले प्रशोधन भएको आणविक प्रदूषित पानी सुरक्षा हुनु नै झुटो हो। जापानको सम्बन्धित तथ्याङ्कको विश्वानीयता, सफा गर्ने उपकरणको प्रभावकारिता, वातावरणमाथि प्रभाव हुने अनिश्चिततालगायत अन्तर्राष्ट्रिय समूहको प्रश्न सम्पूर्ण उचित छ। जापानी जनताले आणविक प्रदूषित पानी डिस्चार्ज योजनाको विरोध गर्नु सर्वथा ठीक छ।

फुकुशिमा आणविक प्रदूषित पानी डिस्चार्ज जापानको मात्र कुरा होइन। यसले विश्व समुद्री पर्यावरणको सुरक्षा र विभिन्न मुलुकका जनताको स्वास्थ्यसँग घनिष्ठ सम्बन्ध राख्ने गर्दछ। जापान सरकारले सबैको विरोधमा ध्यान दिएर आणविक प्रदूषित पानी डिस्चार्ज योजना तत्कालै रोक्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn