नेपाली

शाङहाई सहयोग संगठनद्वारा विश्व शान्ति र समृद्धिमा सकारात्मक शक्ति थपिने

criPublished: 2022-09-18 16:57:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“विगतमा हामीले शाङहाई भावनालाई व्यवहारमा उतारेर ठूलो सफलता प्राप्त गरेका छौं। भविष्यमा हामी यथावत् रूपमा शाङहाई भावनालाई कायम राख्दै अगाडि हिँड्दै जाने छौं।” चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १६ तारिख शाङहाई सहयोग संगठनका सदस्य मुलुक राष्ट्रनायक परिषदको २२ औं सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्दै सो संगठन विकास र समृद्ध हुने ५ बुँदे अनुभवको निचोड निकाल्नुभएको छ। आफ्नो सम्बोधनमा उहाँले शाङहाई भावना सधैं नै शाङहाई सहयोग संगठनको जिवन्त शक्तिको आधार हुनुका साथै दीर्घ रूपमा कायम राख्नुपर्ने मूलभूत सिद्धान्त हो भन्दै शाङहाई सहयोग संगठनको अझ घनिष्ट भाग्यको एकरूपताको स्थापनाका लागि ५ बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

चीन शाङहाई सहयोग संगठनको संस्थापक मुलुक भएकाले लामो समययता यसै संगठनको सञ्चालन र विकासका लागि वास्तविक योजना प्रस्तुत गर्नुका साथै कदम पनि चाल्दै आएको छ। यस पटकको शिखर सम्मेलनमा राष्ट्राध्यक्ष सी चिनफिङले शाङहाई सहयोग संगठनको अझ घनिष्ट भाग्यको एकरूपताको स्थापना भन्ने विषय बमोजिम आपसी समर्थनलाई बढाउने, सुरक्षित सहकार्यको विस्तार गर्ने, वास्तविक सहयोगलाई गहन पार्ने, सांस्कृतिक आदानप्रदानलाई मजबुत पार्ने र बहुपक्षीयतावादलाई कायम राख्ने कुरामा जोड दिनुका साथै अनेकन् ठोस कदम पनि प्रस्तुत गर्नुभएको छ। ती प्रस्ताव र कदमले शान्ति र विकासमा ध्यान दिएर शाङहाई सहयोग संगठनको भावी विकासका लागि गुरूयोजनाको पनि तर्जुमा गरेका छन्।

एउटा चर्चा गर्नलायक कुरा के छ भने उक्त शिखर सम्मेलनमा प्रकाशित “सामार्काण्ड घोषणा पत्र”मा चीनले प्रस्तुत गरेको वैश्विक सुरक्षा प्रस्तावको विषयलाई समेटिनुका साथै चीनद्वारा प्रस्तुत वैश्विक विकास प्रस्ताव भावनालाई पनि व्यवहारमा उतारिनेछ। शाङहाई सहयोग संगठनका सदस्य मुलुकहरूले बेल्ट एण्ड रोड प्रस्तावलाई समर्थन गर्दै जाने कुरालाई पनि दोहोर्याएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn