नेपाली

एक मात्र चीनको नीतिलाई चुनौती दिने अमेरिकाले चीनको कडा प्रतिक्रियाको सामना गर्नुपर्ने

criPublished: 2022-08-05 17:07:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी काँग्रेसको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले अगष्ट ३ तारिख चीनको थाइवान क्षेत्रको भ्रमण समाप्त गरेकी छिन्। थाइवानको भ्रमण अवधिमा उनले धेरै वाहियात कुरा बोलेकी छिन्, तीमध्येको एक “थाइवानसँगै मिलेर उभिने अमेरिकाको वचनबद्धता रहेको ” दाबी गरेकी छिन्।

अमेरिकाले एक मात्र चीनको नीतिलाई चुनौती दिने यो अर्को अनुपयुक्त कार्यकलाप हो, जुन अन्तर्राष्ट्रिय समाजले मान्यता दिएको एक मात्र चीनको नीति विपरीत छ।

पेलोसीले चीनको थाइवान क्षेत्रको भ्रमण गरेपछि चिनियाँ सेनाले तुरुन्तै थाइवान टापू वरिपरी अनेकन संयुक्त सैनिक गतिविधि गर्नुका साथै चीन सरकारका धेरै विभागले प्रतिक्रिया जनाएका कुरामा बाह्य क्षेत्रले ध्यान दिएको छ। जुन चीनले राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने आवश्यक कदम हो। अमेरिका र थाइवानले साँठगाँठ गरेर चीनको केन्द्रीय हित उल्लंघन गर्दै थाइवान जलडमरुको शान्ति र स्थिरतालाई बिथोलेपछि उनीहरुले अवश्य नै ठूलो मूल्य चुकाउनुपर्छ।

थाइवान चीनको भूभाग हो र त्यो अन्त्यमा मातृभूमिमा समाहित हुने छ। पेलोसीको थाइवान भ्रमण जस्तो राजनीतिक प्रहसनले यस ऐतिहासिक प्रवृत्तिलाई परिवर्तन गर्नसक्ने छैन। एक मात्र चीनको नीतिलाई चुनौती दिनुहुँदैन। चिनियाँ जनताले राष्ट्रिय सार्वभौमिकता र प्रादेशिक अक्षुण्णताको संरक्षण गर्ने चिनियाँ जनताको अठोट निकै दृढ रहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn