नेपाली

विश्वमा एक चीन मात्र छ

CRIPublished: 2022-08-04 09:47:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पेलोसीले जे पनि वेवास्ता गरी थाइवानको भ्रमण गरेबाट विभिन्न मुलुकको कडा निन्दा गरिएको छ भने उनीहरूले एक चीन नीतिमा अडिग रहनुपर्ने दोहोर्याएका छन्। अगष्ट २ तारिख रूसी विदेशमन्त्रालयले वक्तव्य प्रकाशित गरी पेलोसीको थाइवान भ्रमणलाई सार्वजनिक उत्तेजक रूपमा राखेको व्यक्त गरेको छ। थाइवान विषय सम्पूर्ण रूपमा चिनियाँ आन्तरिक मामिला हो भने विश्वमा एक चीन मात्र छ, थाइवान चीनको अविच्छिन्न भूभाग हो, जन गणतन्त्र चीन सरकार समस्त चीन प्रतिनिधित्व गर्ने एक मात्र वैधानिक सरकार हो भन्ने कुरामा उक्त वक्तव्यले जोड दिएको छ। तोमिची भाषणको विरासत र विकास समितिका अध्यक्ष फुचिताले अमेरिकी पूर्व राष्ट्रपति निक्सनको अवधिमा थाइवान चीनको एक भागको रूपमा स्वीकार गरिसकेको थियो भने वर्तमान प्रतिनिधिसभाले यति महत्वपूर्ण राजनीतिज्ञको थाइवान क्षेत्रको भ्रमणलाई स्वीकार गरेबाट चीनलाई उत्तेजक गरिएको छ र एशियामा तनावपूर्ण स्थितिलाई बढाइनेछ जुन निकै धेरै मूर्ख र अस्वीकार्य व्यवहार हो भन्ने कुरा दोहोर्याउनुभयो। साथै पाकिस्तान, इरान, उत्तर कोरिया, क्यूबा, भेनेजुएला, सिरिया, प्यालेष्टाइन, निकारागुआ, कम्बोडियालगायत मुलुकले पनि चीनको सार्वभौमिकतालाई अतिक्रमण गरेको अमेरिकी गतिबिधिलाई विरोध गर्नुका साथै एक चीन नीतिमा अडिग रहेको दोहोर्याएका छन्।

विश्वमा एक चीन मात्र छ, चीनको एकीकरण महाकार्य रोक्न नसकिने ऐतिहासिक प्रवृत्ति हो। चीनका परराष्ट्रमन्त्री वाङ यीले भन्नुभएको झैँ अमेरिकाको सहयोगमा तथाकथित थाइवान स्वतन्त्रता पक्कै विफल छ, थाइवानलाई प्रयोग गरी चीनलाई नियन्त्रण गर्ने पनि अवश्य नै असफल छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn