नेपाली

बीआरआई सम्बन्धमा अमेरिकी राजनीतिज्ञको कुचेष्ठा

criPublished: 2022-06-28 18:50:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्वदेशी पूर्वाधार प्रबन्धको निर्माण लथालिङ्ग अवस्थामा रहेको अमेरिकाले ग्लोबल पूर्वाधार प्रबन्धको निर्माणका लागि नेतृत्व गर्न लागेको छ। स्थानीय समयअनुसार जुन २६ तारिख अमेरिकी राष्ट्रपति जो बाइडेनले सात मुलुक समूह शिखर सम्मेलनमा “ग्लोबल पूर्वाधार प्रबन्ध साझेदारी सम्बन्ध” प्रस्ताव प्रस्तुत गर्दै सन् २०२७ अघि जी ७ देशहरूसँग ग्लोबल पूर्वाधार प्रबन्धको निर्माणका लागि ६ खर्ब अमेरिकी डलरको लगानी लगाउने योजना प्रस्ताव गरेका छन्। वास्तवमा यो प्रस्ताव अमेरिकी राजनीतिज्ञले पूर्वाधार प्रबन्धको निहुँमा बीआरआईलाई बदनाम बनाउने लक्ष्यमा आधारित छ।

बीआरआई निर्णय प्रस्तावलाई एक सयभन्दा बढी मुलुकले स्वागत गरेको कारण भव्य दर्शनको प्रचारप्रसार मात्र होइन। यसका पछाडि चीन र विश्वसँग विकास अवसर र साझा फाइदा सिर्जना गर्ने असल आशामा आधारित भई चिनियाँ व्यवसायले प्रविधि, परिमाण र विकास गति क्षेत्रमा दशकको प्रयास देखिन्छ। साथै चीनले महत्वपूर्ण सहयोगात्मक परियोजनामा योगदान गरेको वास्तविक पैसा पनि यसमा रहेको छ।

वर्तमान विकासोम्मुख मुलुकका सामु पूर्वाधार प्रबन्धको विशाल पूँजी अभाव रहेको छ। यदि अमेरिकी राजनीतिज्ञले वास्तवमै आर्थिक सहायता प्रदान गर्न इच्छा देखाएको भए यो एक राम्रो कुरा हो। तापनि यो राजनीतिक खेल हो भन्नेमा जतिसुकै राम्रो भनाइले अरूलाई मूर्ख बनाउन सक्दैन र यो सुरुदेखि नै असफल हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn