नेपाली

ब्रिक्स मुलुकहरुबीचको सहयोग किन अनुमानभन्दा बढी ?

criPublished: 2022-06-25 17:34:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“हामीले इतिहासको विकासको निर्णायक घडीमा सही छनौट गरी उत्तरदायी कारवाही गरेका छौं, जुन विश्वका लागि निकै महत्वपूर्ण छ।” जुन २३ तारिख बेलुका चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो तरिकामार्फत ब्रिक्स मुलुकका नेताहरु बीचको चौधौं भेट-वार्तामा उक्त कुरा बताउनुभएको हो। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकहरुलाई एकजूट भएर भविष्यको संयुक्त रुपमा सामना गर्न आग्रह पनि गर्नुभयो।

यो जटिल स्थितिमा आयोजित एउटा महत्वपूर्ण भेट-वार्ता हो। कोरोना महामारीको निरन्तरता हुँदै आएको छ, विश्वको आर्थिक पुनः उत्थान मन्द गतिले हुँदै आएको छ, युक्रेन संकट सम्बन्धी जोखिम बढ्दै आएको छ। जसले ब्रिक्स मुलुकहरुका सुरक्षा र विकासमा गम्भिर प्रभाव पारेको छ।

नवोदित बजारमुलक मुलुक र विकासशील मुलुकहरुको प्रतिनिधित्व गर्ने ब्रिक्स मुलुकहरु बीचको सहयोगात्मक व्यवस्था गठनको १६ वर्ष भइसकेको छ। सन् २०२१मा ब्रिक्स मुलुकहरु बीचको व्यापारिक रकम सन् २००६ को तुलनामा ३०० प्रतिशतले बढेको थियो, जुन विश्व आर्थिक पुन:उत्थानलाई डोर्‍याउने इन्जिन बनेको थियो।

ब्रिक्स मुलुकहरुमध्ये सबैभन्दा बढी आर्थिक मात्रा भएको मुलुकको रुपमा चीनले पाँच वर्षपछि फेरि ब्रिक्स मुलुकहरु बीचको भेट-वार्ताको अध्यक्षता मुलुक बनेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यस पटकको भेट-वार्तामा चार सूत्रीय प्रस्ताव प्रस्तुत गरी ब्रिक्स मुलुकहरु बीचको भावी सहयोगका लागि स्पष्ट दिशा देखाउनुभयो। ब्रिक्स मुलुकहरुबीच यस पटकको सहयोगमा पुगेको उच्च स्तरले ब्रिक्सलाई अरु उज्यालो पार्नुका साथै विश्वको संचालनमा अरु बढी “ब्रिक्स शक्ति” पुर्‍याउने छ।

Share this story on

Messenger Pinterest LinkedIn