नेपाली

सिनच्याङबारे अमेरिकाको अनुपयुक्त कानून विश्वको उत्पादन श्रृंखलामा “अमेरिकी स्थानलाई कमजोर पार्ने” द्योतक

criPublished: 2022-06-23 17:30:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी पूर्वी समयअनुसार जुन २१ तारिख अमेरिकी भन्सार तथा सिमावर्ती संरक्षण विभागले तथाकथित “युगुरमा जबरजस्ती श्रमको प्रतिरोध कानून” बमोजिम चीनको सिनच्याङ क्षेत्रमा उत्पादित सम्पूर्ण उत्पादनहरुलाई तथाकथित “जबरजस्ती श्रम”सँग सम्बन्धित रहेको ठहर गर्दै सिनच्याङ सम्बन्धी सबै उत्पादित वस्तुहरुको आयातलाई निषेध गरेको छ।

झूटमा आधारित अमेरिकाको यस्तो वाहियात गतिबिधि बजारमुखी अर्थतन्त्रको नियम विपरीत छ। वास्तवमा अमेरिकाले व्यापारमा चीनबाट अलगिएर सिनच्याङ र सम्पूर्ण चीनलाई विश्वको उत्पादन श्रृंखलाबाट हटाउन “सिनच्याङमार्फत् चीनको नियन्त्रण गर्न खोजेको कुचेष्टा” भएको कुरा कुनै पनि बुद्धिमान व्यक्तिले स्पष्टसँग बुझेको कुरा हो।

विश्वव्यापीकरण भइसकेको आज सिनच्याङका उत्पादित वस्तु र कच्चा पदार्थहरुले विश्वका विभिन्न स्थानमा निर्यात गरी विश्वको उत्पादन श्रृंखलालाई भरेका छन्। सिनच्याङका युगुर जातिका मजदूरहरुले पनि व्यापक रुपमा उत्पादनमा भाग लिएर उज्यालो भविष्यका लागि कोसिस गरिरहेका छन्। अमेरिकाले तथाकथित “जबरजस्ती श्रम”को झूटको खेती चलाएर सिनच्याङ सम्बन्धी उत्पादित वस्तुहरु अस्वीकार गर्नु वास्तवमा आफूलाई सीमित पारी विश्वको बजारबाट विछोड निम्त्याउन खोज्नु हो। यस गतिविधिले सुअवसर तथा भविष्यबाट पनि विछोड निम्त्याउने छ। अरु हिंड्ने बाटोलाई रोक्न खोज्नुको परिणति उल्टै आफैलाई रोक्नु बराबर हुने भविष्यले प्रमाणित गर्ने छ।

Share this story on

Messenger Pinterest LinkedIn