नेपाली

अमेरिकाको झुटो कानुनी मसौदाको कारण कठिन अवस्था सिर्जना

criPublished: 2022-06-22 18:16:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन २१ तारिखदेखि अमेरिकाको तथाकथित “युगुर जबरजस्ती श्रम निवारण कानुनी मसौदा” औपचारिक रूपमा सञ्चालनमा आएको छ। अमेरिकाले सिन्च्याङको मानव अधिकार परिस्थितिको बदनाम गर्न र मानव अधिकारलाई शस्त्रीकरण गर्नका लागि चालेको नयाँ कदम नै हो त्यो। त्यसको उद्देश्य सिन्च्याङका कपास, गोल्भेडा र सौर्य उर्जाको फोटोभोल्टिक उत्पादित वस्तु लगायतका उत्कृष्ट व्यसायलाई प्रहार गर्नुका साथै चीनको विकासमा अवरोध गर्नु हो। तर अन्त्यमा नाकाबन्दी भन्ने दुःखद् नतिजा अमेरिका आफैंमा लागू हुनेछ।

सम्बद्ध विश्लेषणका अनुसार, उक्त झुटो कानुनी मसौदा लागू गरिएपछि त्यसले अन्तर्राष्ट्रिय व्यापारिक परिपाटीमा उथलपुथल ल्याउनुका साथै पूरै विश्व व्यवसाय लाइन र आपूर्ति लाइनको स्थिरतालाई ध्वस्त पार्नेछ। यसका अतिरिक्त सिन्च्याङका केही वैदेशिक निर्यातका उद्योग व्यवसायलाई पनि सम्भवत: असर पारिनेछ। तैपनि अमेरिकाले आर्थिक तहबाट चीनको विकासको नियन्त्रण र अवरोध लगाउनु हुँदैन। किनकि विशाल परिधि बोकेको चिनियाँ बजार र विश्व बजारको चाहना भएकाले सिन्च्याङका व्यवसायलाई सुअवसर ल्याउन सक्नेछ। अमेरिकाले आफ्नै द्वार मात्र बन्द गरेबाट सिच्याङका उत्पादित वस्तुको प्रतिस्पर्धात्मक शक्तिलाई ध्वस्त पार्नसक्ने छैन।

बरू अमेरिका आफैं यस झुटो कानुनी मसौदाका कारण कठीन अवस्थामा पर्ने सम्भावना छ। अन्त्यमा सबै दुःखद नतिजाको जिम्मेवारी अमेरिकी उपभोक्ताहरू आफ्नैले लिनुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn