नेपाली

४० हजार अक्षरको लामो लेखद्वारा “झुट बोल्ने साम्राज्यवादी मुलुक”को वास्तविकता भण्डाफोर

criPublished: 2022-06-21 18:10:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

केही दिन अघि अमेरिकी विदेशमन्त्री आन्टोनी ब्लिन्कनले चीनबारे अमेरिकाको नीतिको विषयमा भाषण दिनुभयो। उहाँले राम्रो सजावट भएको भाषामार्फत् चिनियाँ त्रास-धम्कीको प्रचारप्रसार गर्दै चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गरी चीनको स्वदेशी तथा विदेशी नीतिमाथि हिलो छ्याप्नुभयो। तथापि अमेरिकाले भ्याएसम्म लुकाउन खोजे तापनि चीनको चौतर्फी रुपमा नियन्त्रण गर्ने र दबाउने साँचो कुचेष्टा लुकाउन सकिँदैन।

चिनियाँ परराष्ट्र मन्त्रालयले अस्ति जुन १९ तारिख “चीनबारे अमेरिकाको बुझाईमा रहेको गलत र सत्य” शीर्षकमा लामो लेख प्रकाशित गर्दै वास्तविकता र अंकमार्फत् चीनप्रति अमेरिकी नीतिका झूट, आवरण तथा खतरा सार्वजनिक गरेको थियो।

यी मध्ये अमेरिकी राजनीतिज्ञले बनाएको तथाकथित “चीन अन्तर्राष्ट्रिय परिपाटीका लागि दीर्घकालीन अवधिसम्म सबैभन्दा गम्भिर चुनौती बनेको छ” सबैभन्दा अनुपयुक्त झूटहरुमध्येको एक हो। त्यसका अतिरिक्त, अमेरिकाको “झुठो बहुपक्षीयतावाद” भन्ने लामो हात एसिया प्रशान्त क्षेत्रतर्फ लम्काएर तथाकथित “इन्डो-प्यासिफिक आर्थिक प्रारुप” बनाएको छ। अमेरिकाले त्यसको नेतृत्वमा रहेको व्यापारिक नियम बनाएर यस क्षेत्रका मुलुकहरुलाई चीनबाट अलग्याउन खोजेको छ। अमेरिकाको निजी स्वार्थमा आधारित यस प्रारुपले महामारीपछि विश्वको आर्थिक पुन:उत्थानमा अवरोध राखेको छ।

अमेरिकाले मौखिक रुपमा “अन्तर्राष्ट्रिय परिपाटी तथा सुरक्षित विकास” को संरक्षण गर्नेबारे बोलेको छ, तैपनि व्यवहारमा उल्टो गतिविधि गरिरहेको छ। उसले प्रचार प्रसार गर्ने “नियममा आधारित अन्तर्राष्ट्रिय परिपाटी” वास्तवमा प्रभुत्ववादी राजनीति मात्रै हो।

Share this story on

Messenger Pinterest LinkedIn