नेपाली

समस्याग्रस्त बेलायत

criPublished: 2022-06-16 20:27:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुन १५ तारिख बेलायत सरकारले "उत्तरी आयरल्याण्ड प्रोटोकल" का केही विषयको पालना नगरेको कारणले युरोपेली आयोगले मुद्दा सुनुवाइ सुरु गरेको छ। बलायतबाट अलग गर्ने धारण लिने उत्तरी आयरल्याण्ड सिन फिन पार्टीका उपाध्यक्ष मिशेल ओनिलले बेलायत सरकारका गतिविधिबाट उत्तरी आयरल्याण्डमा राजनीतिक अस्थिरता बढाइएको बताउनुभयो।

"उत्तरी आयरल्याण्ड प्रोटोकल" बेलायत युरोपेली संघबाट अलग गर्ने सम्झौताको एक भाग हो। उक्त प्रोटोकल अनुसार, बेलायत अलग भएपछि, उत्तरी आयरल्याण्ड युरोपेली एकल बजार र युरोपेली संघको भन्सार संघमा रहनेछ। बेलायत सरकारले यस विषयको परिवर्तन गर्न प्रयास गर्दैआएको छ। युरोपेली संघसँगको छलफल असफल भएको पृष्ठभूमिमा, जुन १३ तारिखमा बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रसले संसदसमक्ष प्रस्ताव पेश गरेर एकपक्षीय रूपमा "उत्तरी आयरल्याण्ड प्रोटोकल" का केही भाग संशोधन गर्ने ठोस योजना सार्वजनिक गर्नुभयो।

केही दिनअघि स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जनले बेलायत सरकारले सहमति गरेको वेवास्ता गरेर आगामी वर्ष बेलायतबाट अलग हुनका लागि अर्को जनमत गर्ने घोषणा गर्नुभयो। बेलायतको सानो भाग विभाजन हुनखोजिरहेको जानकारी केही मिडियाले दिएका छन्।

महामारीको रोकथाममा असफल भएको, प्रधानमन्त्री दरवारका कर्मचारी महामारीविरोधी नियममाथि उल्लंघन गरेर जमघटसम्बन्धी स्क्यान्डलको सार्वजनिक, मुद्रास्फीति बढेको, आर्थिक दवावको वृद्धि आदि बेलायत सरकारको समस्या एकपछि अर्को जारी रहेका छन्। उत्तरी आयरल्याण्ड र स्कटल्याण्डले बेलायत सरकारको समस्या अझै थपिएका छन्।

तैपनि, घरेलु द्वन्द्व स्थानान्तरण गर्न खोज्ने वा पहिलेको शाही सपनामा सुतिरहेर बेलायतका राजनीतिज्ञहरूले अझै पनि अन्तर्राष्ट्रिय जगतमा उपस्थितिको भावना" निर्माण गर्ने प्रयास गरिरहेका छन्। हालै, अमेरिकालाई पछ्याएर बेलायतले कडा मेहनत गर्दै युरोप, एशिया-प्रशान्तलगायत क्षेत्रमा समस्याको सिर्जना खोजिरहेको छ। आन्तरिक र बाह्य समस्या पहाडजस्तै थुप्रिएका छन्, बेलायती राजनीतिज्ञहरूले सर्वप्रथम आफ्नो समस्याको सामना गर्नुपर्छ।

Share this story on

Messenger Pinterest LinkedIn