नेपाली

अमेरिकाले आफ्नै वचन कहिले व्यवहारमा उतार्ला?

criPublished: 2022-06-15 16:22:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय जुन १३ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य एवम् वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चेछ र अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा सहायक सुलिभानले लग्जम्बर्गमा चार घण्टा भेटवार्ता गर्नुभयो। बैठकपछि सार्वजनिक भएको जानकारीअनुसार, दुवै पक्षले निष्पक्ष, गहन र रचनात्मक संवाद र आदानप्रदान गरेर राष्ट्रनायक बीचको महत्वपूर्ण सहमतिको कार्यान्वयनलाई मुख्य रेखा बनाएर सम्पर्क र संवादलाई सबल पार्ने, गलत बुझाइ तथा गलत निर्णयलाई कम पार्ने र मतभेदको राम्ररी नियन्त्रण गर्ने सहमति गरेका छन्।

एन्कोरेज, जुरिच र रोममा भएका बैठकपछि दुई वर्षमा यो चिनियाँ तथा अमेरिकी उच्चस्तरीय अधिकारीबीच चौथो आमने-सामने बैठक हो। समग्रमा, यो बैठकबाट चीन र अमेरिकाले वैचारिक आदानप्रदानलाई कायम राख्ने इच्छा देखाइएका छन्। विशेष गरी, चीनले जिम्मेवारपूर्ण धारणा लिएर दुइ राष्ट्रनायकबीचको सहमतिको कार्यान्वयनलाई प्रवर्द्धन गरेर चीन-अमेरिकाको जटिल सम्बन्धको सामना गर्न नवीनतम योगदान दिएको छ।

हाल चीन र अमेरिकाको सम्बन्ध महत्वपूर्ण चौबाटोमा पुगेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनलिङले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व, र सहयोग तथा साझा विजयी भन्ने तीन सिद्धान्त प्रस्तुत गर्नुभयो। अमेरिकी राष्ट्रपति बाइडेनले "नयाँ शीतयुद्ध" लड्न नखोज्ने, चीनको परिपाटीको परिवर्तन गर्न नखोज्ने, गठबन्धनको दृढतामार्फत चीन विरुद्ध नखोज्ने, "थाइवान स्वतन्त्रता" लाई समर्थन नगर्ने र चीनसँग द्वन्द्व गर्ने इच्छा नराख्ने वचनवद्धता धेरैपटक व्यक्त गर्नुभयो। दुई राष्ट्रानायकको सहमतिका ठोस विषय पनि यही हो।

तर समस्या के हो भने हालसम्म अमेरिकामा राष्ट्रानायकको सहमति अझै लागू हुन सकेको छैन र अमेरिकाका कार्यहरू अमेरिकी नेतागणको धारणा विपरीत छन्। वर्तमान चीन-अमेरिका सम्बन्धको मुख्य बाधा प्रभुत्ववादी सोच लिएको अमेरिकाले जानाजानी र स्वधर्मी तरिकामार्फत् दुई देशको सम्बन्धलाई मौलिक बाटोबाट टाढा धकेल्नु हो।

ऐतिहासिक अनुभव र वर्तमान वास्तले पुष्टि गर्छन्, यदि चीनजस्तै अमेरिकाले पनि सद्भाव लिएर चिनियाँ नेतागणबाट प्रस्तुत तीनवटा सिद्धान्तको पालना गरेर व्यावहारिक रूपमा चीन-अमेरिका सम्बन्धलाई उचित बाटोमा पुर्‍याउने हो भने दुई देशको सम्बन्धका लागि फाइदाजनक मात्रै नभई अमेरिकाको सामाजिक समस्याको सामनाका लागि पनि सहयोगी हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn