नेपाली

विदेशी लगानीका लागि चीन अझ सहज बन्दै

criPublished: 2022-05-14 17:42:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ वाणिज्य मन्त्रालयद्वारा मे १२ तारिख सार्वजनिक तथ्यांक अनुसार,चालू वर्षको विगत चार महिनासम्म चीनले उपयोग गरेको विदेशी लगानीको रकम ४ खर्ब ७८ अर्ब ६१ करोड चिनियाँ युआन पुगेको छ,जुन गत वर्षको सोही अवधिको तुलनामा २०.५ प्रतिशत बढेको छ। जसले चीनले भित्र्याउने विदेशी लगानी तीव्र रुपमा वृद्धि भएको र ठूलो परियोजनामा स्थिरताका साथ वृद्धिको विशेषता अभिव्यक्त गरेको छ।

विश्वमा कोरोना महामारी धेरै पटक देखा परेको र अन्तर्राष्ट्रिय परिस्थितिमा सधैं परिणत भएका अनिश्चितताका कारकतत्वको सामना गर्दै विदेशी लगानीले सहज वातावरण पाएको छ जसबाट उनीहरुको चासो यथावत रुपमा चीनमा रहेको प्रमाणित भएको छ।

विगत दुई वर्षयता कोरोना महामारी तथा विश्वको उत्पादन तथा आपूर्ति श्रृंखलाको संरचनामा बदलिँदा विश्वमा अन्तरदेशीय लगानीमा ठूलो परिवर्तन भएको छ। तथापि चीनले भित्र्याएको विदेशी लगानी स्थिरताका साथ बढेको छ। चालू वर्षको अघिल्लो ४ महिनामा चीनको प्रदर्शन प्रवृत्ति जारी भएको छ। विदेशी लगानीले किन दृढताका साथ चीनमा लगानी गरेको छ?चिनियाँ बजार र चीनको आर्थिक वृद्धि उनीहरुको आकर्षणलाई तान्ने दुई वटा कारकतत्व हुन्।

धेरै चुनौतीको सामु चीनको आर्थिक स्थिति दीर्घकालीन अवधिसम्म सुधार हुँदै जाने प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन। स्थिरताका साथ वृद्धिको वातावरणमा विदेशी पूँजीद्वारा संचालित व्यवसायहरुले अरु बढी सुरक्षित अनुभव गरेका छन्। त्यसका अतिरिक्त,विगत धेरै वर्षदेखि चीनले विदेशका लागि उच्चस्तरीय खुलापनको निरन्तर रुपमा विस्तार गरेको छ,विशेष गरी चीनले “विदेशी व्यवसायहरु चीनमा लगानी गर्ने कानून” लगायत व्यवस्थाको कार्यान्वयनमा सुधार गर्दै विदेशी व्यवसायहरु चीनमा लगानी गर्नका लागि सुविधाजनक वातावरण सिर्जना गरेपछि उनीहरुलाई अझ सुरक्षित महसुस गराएको छ।

Share this story on

Messenger Pinterest LinkedIn