नेपाली

संसार उथलपूथल नहुँदा अमेरिका उदासीन

criPublished: 2022-05-13 17:04:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वको एउटा मात्र सुपरपावर अमेरिकामा केही विभिन्नखाले अनुहारहरू छन्। किफायत गर्दा अमेरिकाले अमेरिकी नागरिकहरुको ज्यानलाई ध्यान नदिएको मात्र नभई अन्तर्राष्ट्रिय जिम्मेवारी र ठूलो मुलुकको दायित्वबारे सोच विचार गर्दैन। तथापि अमेरिकाले युद्ध भड्काउनका लागि धेरै खर्च गर्छ।

अमेरिकी प्रतिनिधि सभाले स्थानीय समय १० तारिख युक्रेनलाई करिब ४० अर्ब अमेरिकी डलरको सहायता योजना गरेको छ। त्यसमध्ये सैन्य सहायता करिब २५ अर्ब अमेरिकी डलर रहेको छ। तथापि मध्य अमेरिका महाद्वीपका मुलुकहरुको विकासका लागि दिने सहायताबारे चार वर्षसम्म चलेको वार्तामा अमेरिकाले सम्बन्धित मुलुकहरुलाई एक पैसा पनि प्रदान गरेको छैन।

संयुक्त राष्ट्र संघको सबैभन्दा बढी खर्च वहन गर्नुपर्ने सदस्य मुलुकको रुपमा अमेरिकाले अहिलेसम्म १ अर्ब भन्दा बढी खर्च तिर्न बाँकी छ, जुन युक्रेनलाई सहायता प्रदान गर्ने खर्चको थोरै अंश मात्र रहेको छ, तथापि कहिले तिर्ने भन्ने यकिन छैन।

अरु गम्भीर कुरा के हो भने अमेरिकाले अफगानिस्तानमाथि २० वर्षसम्म गरेको आक्रमणमा अमेरिकी हतियार व्यवसायले धेरै कमाएका छन्। तथापि अफगानिस्तान संकट सिर्जिएको मुलुक अमेरिकाले अफगानिस्तान छोड्दा अफगानिस्तानी जनताको मुआब्जा तिरेको छैन, बरु अफगानिस्तानको अरबौं अमेरिकी डलरको सम्पति आफ्नो हातमा राखेको छ। जुन एक किसिमको डकैती नै हो।

वास्तवमा अमेरिकाका लागि उथलपुथलको स्थिति आयआर्जनको भरपर्दो श्रोत हो भने हित सबैभन्दा महत्वपूर्ण कुरा हो। विश्वमा उथलपुथल गर्ने सबैभन्दा ठूलो मुलुक अमेरिकाले यस्तो विचार रद्द नगर्ने हो भने त्यसले विश्वलाई अरु बढी आपत्ति र दु:ख ल्याउने छ।

Share this story on

Messenger Pinterest LinkedIn