श्रीमती चौ श्या येन चीनका उच्च श्वरमा गाउने महिला गायिका तथा श्वर-गायनका शिक्षिका हुनुहुन्छ। उहाँ शांगहाई संगीत अध्ययन संस्थानकी प्राध्यापक हुनुहुन्छ। सन् 1918 मा श्रीमती चौ श्या येन हु पै प्रान्तको वु हान शहरको एउटा उद्योगीको परीवारमा जन्मिनु भएकोथियो। उहाँका पितालाई संगीत धेरै मन पर्थ्यो। आफ्ना पिताका प्रभावमा परेकी श्रीमती चौ श्या येनले वाल्य-कालदेखि नै संगीत धेरै मन पराउनुहुन्थ्यो।
सन् 1935 को सेप्टेम्बर महिनामा, श्रीमती चौ श्या येनले शांगहाई संगीत अध्ययन संस्थानमा प्रवेश गरी विशेष गरी श्वर-गायन सिक्नुभयो। सन् 1937 मा जापान विरुद्ध युद्ध शुरु भएपछि उहाँ वाध्य भएर आफ्नो जन्मस्थल फर्कनुभयो। सन् 1938 को अन्तमा, श्रीमती चौ श्या येन पेरिस जानुभयो। त्यहाँ उहाँको प्रसिद्ध संगीतकार छि आर फिनसँग भटभयो। श्री छि आर फिनको सहयोगमा श्रीमती चौ श्या येनले पेरिसको राष्ट्रिय थिएटरमा प्रदर्शन शुरु गर्नुभयो। पहिलो पटकको प्रदर्शनमा उहाँले कुशल सिप तथा मिठो स्वरमार्फत ठूलो सफलता प्राप्त गर्नुभयो। त्यसपछि उहाँले चेक गणतन्त्रमा "पराकको वसन्ड संगीत समारोह"मा भाग लिनुभयो। उहाँको प्रदर्शन निकै सफल भएका कारण उहाँलाई "चीनको बुलबुलl" भनियो।
सन् 1947 को अक्टोबरमा श्रीमती चौ श्या येन मातृ-भूमि फर्कनुभयो। त्यसबेला चीन क्व मिन तांग पार्टीको शासनमा थियो। उहाँले धेरै स्थानमा गई प्रगतिशील विद्यार्थीहरुका लागि गीत गाउनुभयो। सन् 1949 मा नयाँ चीनको स्थापना भयो। श्रीमती चौ श्या येनले नयाँ जीवनको सामना गर्नुभयो। उहाँ शांहाई संगीत अध्ययन संस्थानमा श्वर-गायनका शिक्षिका बन्नुभयो।
दश वर्ष लामो "साँस्कृतिक क्रान्ति" श्रीमती चौ श्या येनको जीवनमा सबैभन्दा गाह्रो अवधि थियो। ती दश वर्षमा उहाँले गीत गाउन र शिक्षा-दिक्षाको कार्य पनि गर्नसक्नु भएन। तापनि उहाँले हार खानु भएको थिएन। उहाँले यस अवधिमा एकजना वरिष्ठ पुरुष उच्च श्वर-गायक वै सुंगलाई हुर्काउनुभयो। हाल स्वदेश र विदेशका श्वर-गायन विशेषज्ञहरुले श्री वै सुंगको प्रदर्शनको उच्च मूल्यांकन गर्नुभएको छ।