चीनको साहित्त्यिक इतिहासमा "ली र तु" ले थांग वंशकालमा कविताको क्षेत्रमा सबैभन्दा ठूलो उपलव्धिको प्रतिनिनित्व गरेका थिए। त्यसमध्ये ली विश्व प्रसिद्ध "कवि देव" मानिएका ली पाई र तु महाकवि तु फु हुनुहुन्छ।
महाकवि तु फु सन 712 मा जन्मनुभएको थियो। चीनका प्रसिद्ध कवि तु यु यान उहाँका बाजे हुनुहुन्छ। वालककालमा श्री तु फु चलाख र परिश्रमी हुनुहुन्थ्यो। सात वर्षको उमेरदेखि नै उहाँले कविता लेख्न शुरु गर्नुभएको थियो। अलि ठूलो भएपछि उहाँलाई हस्तलिपी, चित्र, संगीत, अश्वारोहण र चीनको कुंग फु आदि क्षेत्रमा पनि ज्ञान बढ्यो। युवावस्थामा उहाँमा ठूलो क्षमता र केही गरीछाड्ने अठोट थियो। उन्नाईस वर्षको उमेरदेखि उहाँले चारैतिर भ्रमण गर्न थाल्नुभएको थियो। त्यस बेला चीनको थांग वंश समृद्धिको अवधिमा थियो। श्री तु फुले प्रशस्त नामी दृश्य स्थलहरुको भ्रमण गरेर युगौं-युगसम्म प्रचलित केही प्रसिद्ध कविता लेख्नुभएको थियो।
श्री तु फुले राजनैतिक क्षेत्रमा केही उपलव्धि हासिल गर्ने आशा लिएर आफ्ना कविताहरु अधिकारीसमक्ष पेश गर्नुभएको थियो र सरकारी परीक्षामा सहभागी हुनुभएको थियो। तर यी सबै प्रयास विफल भए। थांग वंशको राजधानी छांग आनमा अभाव र दुखले भरिपूर्ण जीवन बिताउँदा उहाँले अधिकृत र धनी मानिसहरुको विलासी तथा गरिब मानिसहरुको दु:ख देख्नुभएको थियो। यस्तो अवस्थामा उहाँले आफ्नो कवितामा "धनी मानिसहरुका घरमा थुप्रै रक्सी र मासु खान नसकेर बाँकी रहेको छ भने भोक र चिसोले मरेका गरिबीहरु पनि बाटामा देखिन्छन" भन्ने वाक्य लेख्नुभएको थियो। राजनैतिक क्षेत्रमा विफल हुनुपरेको र जीवनमा दु:ख भोग्नुपरेका कारणले गर्दा श्री तु फुले शासकवर्गहरु बीचको भ्रष्टाचार र सामान्य जनताको दु:ख बारे स्पष्ट रुपमा थाहा पाएर क्रमशः उहाँ आफ्नो देश र जनताको चिन्ता गर्ने कवि बन्नुभएको थियो।