चिया सम्बन्धी चीनको इतिहास चार हजार वर्षभन्दा पनि पूरानो छ। हरके दिन निरन्तर रुपमा चिया खानु चिनियाँहरुका लागि नगरिनहुने कुरा हो। यस सम्बन्धमा एक किसिमको भनाइ छः सबै घर-परीवारमा दाउरा, चामल, तेल, नून, भटमास, वेनेकर र चिया यी सातवटा खाने कुरा तयार हुनुपर्दछ। ती सातवटा खाने कुराहरुमध्ये चिया नभइनहुने कुरा हो। चिया बनाएर पाहुनाहरुलाई दिनु, उनिहरुको सम्मान गर्नु चिनियाँहरुको बानी हो। पाहुनाहरु घरभित्र पस्नेबित्तिकै घरपट्टीले तुरुन्तै मीठो र सुगन्धित चिया टक्र्याउने गर्दछन। चिया खाँदै गफ गर्नु कति रमाइलो र आनन्ददायी वातावरण है।
चीनमा चिया सेवनको इतिहास धेरै लामो छ भन्ने कुरा सर्वविदितै छ। प्राप्त जानकारी अनुसार, इसा पूर्व दुइ सय असीअघि चीनको दक्षिणी भेगमा वु नामको एउटा राज्य थियो। सो राज्यका रजौटाहरु मन्त्रीहरुलाई रक्सी लाग्ने गरी भोज खुवाउन मनपराउँथे। तर तिनमध्येका "वै चाउ"नामक एकजनाले रक्सी थोरै मात्र खानसक्ने भएकाले रजौटाहरुले उनलाई रक्सीको सट्टामा चिया खुवाउँनेगर्दथे। त्यसपछि बुद्धिजीवीहरुले पाहुनाहरुलाई चियाले सत्कार गर्नथाले। चीनको थाङ्ग राज-वंशकालमा मानिसहरुमा चिया खाने बानी बसिसकेको थियो। थाहा भए अनुसार, उक्त बानी वौद्ध धर्मसँग सम्बन्धित छ। मोटामोटी रुपमा इसा पूर्व सात सय तेह्रदेखि सात सय एकचालीससम्ममा लामा र तीनका समर्थकहरु आसनमा बस्दा चिया खानेगर्थे। किनकि लामो समयसम्म बसेर निकै थकाइ र निद्रा पनि लाग्नेभएकाले ती लामा र उनका समर्थकहरुलाई फूर्तिला बनाउनका लागि बूढा-पाका र अनुभवी लामाहरुले उनीहरुलाई चिया खुवाउनेगर्थे। त्यसपछि उक्त तरिका चीनका विभिन्न क्षेत्रमा फैलिएको देखियो। त्यसका साथसाथै थाङ्ग राज्य-वंशका धनी-मनीहरु आ-आफ्नो घरमा चिया पकाउने,खाने र पढ्ने कोठा तयार गर्थे जसलाई चिया कोठा भनिन्थ्यो।