[चीनको राष्ट्रिय झण्डा]:
चीनको राष्ट्रिय झण्डा— पाँच तारे रातो झण्डा चीनको राष्ट्रिय झण्डा हो। यसको चौडाइ र लम्बाइ 3:2 छ। त्यसको पृष्ठभूमिको रंग रातो छ। रातो रंगको अर्थ क्रान्ति हो। पाँच ताराको रंग पहेंलो छ। हरेक साना ताराको एउटा कुना ठूलो ताराको केन्द्रतर्फ फर्किएको छ। यसको अर्थ चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी जनता बीचको एकता हो।
[चीनको राष्ट्रिय चिन्ह]:
चीनको राष्ट्रिय चिन्ह— चीनको राष्ट्रिय चिन्हमा राष्ट्रिय झण्डा, थ्येन आन मन चोक, दांतदार चक्र र गहुँको बाला हुन्। सन् 1919को मेइ 4 का दिन चिनियाँ मजदूरहरुको नेतृत्वमा मजदूर-किसान गठबन्धनको आन्दोलन सफल भएपछि सर्वहारा वर्गको अधिनायकत्व रहेको प्रजातान्त्रिक नयाँ जनवादी गणतन्त्र चीनको जन्म भएको थियो।
[चीनको राष्ट्रिय गीत]:
चीनको राष्ट्रिय गीत— चीनको राष्ट्रिय गीत चिनियाँ वीर सेनाको गुणगान गाइएको धून हो जसलाई सन् 1935 मा तयार पारिएको हो। यो राष्ट्रिय गीतको रचना चीनका नामी कवि थ्येन हानले गर्नुभएको हो भने प्रसिद्ध संगीतकार ने आरले यसको संगीत बनाउनु भएको हो। यो गीत मौलिक रुपमा'आंधीको समयमा छोरा छोरीहरु'भन्ने चल-चित्रको'स्वयम्सेवकहरुको मार्च'नामको गीत थियो। यस चल-चित्रमा राष्ट्रको भाग्यसँग जोडिएको सन् 1930 को दशकमा उत्तर-पूर्वी चीनमा जापानी अतिक्रमणकारी विरुद्ध संघर्षरतहरुको कथा देखाइएको छ। यस्तै विदेशी अतिक्रमणका विरुद्ध लड्ने चिनियाँ जनताको साहस, अठोट तथा शक्तिशाली स्वयम्सेवकहरुको मार्चले चिनियाँ जनतालाई राष्ट्रिय स्वतन्त्रताका लागि बलिदान गर्ने हौसला दिएको छ।