नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

कफीको मीठो सुवास लिएर कोलम्बिया लैजाँदैछौ

2016-01-07 17:46:10

केही समयअघि कोलम्बिया व्यापार प्रबर्द्धन संघ-प्रो कोलम्बिया र कोलम्बिया कफी उत्पादक संघद्बारा आयोजित कोलम्बिया कफी टेस्टिङ समारोह पैचिङ्गमा आयोजना भएको थियो। समारोहमा दश भन्दा बढी प्रकारका कोलम्बियाली कफीले मीठो बास्नाका कारण चिनियाँ तथा विदेशी पाहुनालाई आकर्षित गरेको छ।

ब्राजिल कफीको तुलनामा कोलम्बियाली कफीको स्वाद अझ नरम तथा मिठासपूर्ण लाग्यो। उसको विशेषतायुक्त गन्ध तथा सन्तुलित स्वादले विश्वव्यापी कफी प्रेमीहरुलाई आकर्षित गरेको छ। कोलम्बियाली कफी पिउँदा फलफूल र वाइनजस्तै अमिलो स्वादका साथै चकलेट तथा काष्ठफलको जस्तो गुलियो स्वाद पनि छ र अन्त्यमा अलिकति तीतो स्वादको पनि लाग्छ। ती तीन स्वाद मिलेर कोलम्बियाली कफीको स्वाद विशेष र ज्यादै मीठो छ।

 कोलम्बिया कफीको विशेष स्वाद उसको विशेषतायुक्त उत्पादन वातावरणसित सम्बन्धित रहेको प्रोकोलम्बियाका आहारविहार सल्लाहकार जुआन ब्लो कारिलोले जानकारी दिनुभएको छ।

 कोलम्बिया दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा पर्दछ र क्यारेबियन समुद्र, प्रशान्त महासागर र आन्डेस पहाडद्बारा घरिएको छ। यस्तो भौगोलिक अवस्थाका कारणले कफीको उत्पादन क्षेत्रमा वर्षभरि मौसम बसन्त जस्तै हुनुका साथै पानीको मात्रा निकै राम्रो छ। जुन कफी उत्पादनमा निकै उपयोगी हुन्छ। त्यसबाहेक कफी उत्पादन क्षेत्र पहाडी क्षेत्रमा पर्ने हुनाले औद्योगिकीकरणबाट टाढै राख्नुपर्छ, हालसम्म त स्थानीय किसानहरुले हातद्बारा नै कफी बियाँ भित्र्याउने गरेका छन्।

 तर यस्तो उत्पादन तरिका स्थानीय प्राकृतिक श्रोत साधन सकिँदा पनि अझै सुरक्षित छ। केही वर्षदेखि कफी भित्र्याउनु, कफीको उत्पादन गर्नुका साथै कफीसम्बन्धी पर्यटन कोलम्बियामा विकसित हुँदैआएको छ। चीनका लागि कोलम्बियाली राजदुत कार्मेन्चा कारामिल्योले यसरी जानकारी दिनुभयो-

 बीसदेखि चालीस वर्ष उमेर समूहले कोलम्बियाली कफीप्रति अभिरुची प्रकट गरेका छन्। साथै यिनीहरु पर्यटन उत्पादित वस्तुको मुख्य उपभोक्ता पनि हुन्। टेस्टिङ समारोहमार्फत् यस समूहलाई कोलम्बियाली कफी र हाम्रो मुलुकबारे जानकारी दिने आशा गर्छौं।  कफी टेस्टिङ गर्दै दूध र चिनी नथप्ने सुझाव दिन्छु। धेरै कफी प्रेमीहरुले मलाई यसबारे जिज्ञासा पनि राख्छन्। यसरी कोलम्बियाली कफीबारेको रुचीबाट कोलम्बिया राष्ट्र, कोलम्बियाको संगीत, साल्सा नाच, मणि र ऐतिहासिक साइटहरुबारे पनि उहाँहरुलाई अभिरुची लाग्ने आशा गर्छु।  

 प्रिय साथीहरु घुमघाममा अव चाहिं कोलम्बियाली कफीको मीठो स्वाद कल्पना गर्दै यस दक्षिण अमेरिकी मुलुकको बारेमा छोटकरी जानकारी दिन चाहन्छु।

 कोलम्बियाको क्षेत्रफल 11 लाख42 हजार वर्ग किलोमिटर छ जुन भेनेजुएला, पेरु, इक्वेडर र पनामासँग जोडिएको छ। त्यहाँ 16、17 शताब्दीमा निर्मित विश्वविद्यालय, संग्रहालय, चर्च आदि भवन राम्ररी सुरक्षित राखिएको छ।

कोलम्बियाको यात्रा गरेका पर्यटकहरुले स्थानीय सर्वसाधारणको आनन्दित जीवन र मैत्रिपूर्ण धारणाको ज्यादै प्रशंसा गर्ने गरेका छन्। दक्षिण अमेरिकाको ल्याटिन भावन, क्यारेबियन कोस्टस्थित उपनिवेश  विशेषतायुक्त गाउँबस्ती, शानदार आन्डेस पहाड र सुन्दर वर्षा वनले झन् झन् बढी विश्वव्यापी पर्यटकलाई आकर्षित गरेका छन्।

 हिउँद ऋतुमा न्यानो कोलम्बियाको यात्रा गरेमा आनन्दको अनुभव हुन्छ होला है? नयाँ वर्षमा पर्यटन गर्ने योजना छ भने कोलम्बियालाई छान्नुहुन्छ कि।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान