तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

विपन्न हटाउन चीनद्वारा पर्यटन व्यवसायको विकास गर्ने

2015-12-11 17:04:25

    आगामी पाँच वर्षमा चीनले पर्यटनको विकास गरेर गरिबी घटाउने अर्थात् गरिबीको रेखामुनी रहेकामध्येको एक करोड बीस लाख जनसँख्यालाई गरीबमुक्त गर्ने योजना बनाएको छ। आजको कार्यक्रममा म यस विषयबारे चर्चा गर्छु।

    हाल चीनको आर्थिक विकास र सर्वसाधारणको आम्दानीमा वृद्धि हुनुका साथै उपभोगीय ढाँचाको परिवर्तनमा पनि तिव्रता ल्याएको छ। त्यसैले चीनमा ग्रामीण पर्यटन तिव्र गतिले विकसित हुँदैआएको छ। तथ्याँकका अनुसार, सन् 2014मा चीनभरि लगभग बीस लाख व्यवसायीले ग्रामीण पर्यटन सञ्चालन गरेका छन् र साथै एक लाख ग्रामीण पर्यटन सम्बन्धी विशेषतायुक्त गाउँ छन्। जसबाट पटकपटक गरी एक अर्ब बीस करोड पर्यटकको स्वागत गरिएको छ। यस संख्या चीनभरिको कुल पर्यटक संख्याको एक तिहाइ पुगेको छ।

    तिव्र गतिले विकसित भएको ग्रामीण पर्यटन चीनमा विपन्न हटाउने महत्वपूर्ण तरिका पनि बनेको छ। चिनियाँ पर्यटन व्यूरोका उपप्रमुख उ वन स्युको जानकारीअनुसार, तथ्याँकका अनुसार, सन् 2010देखि 2014सम्म ग्रामीण पर्यटनले दश प्रतिशतका विपन्न जनता अर्थात लगभग एक करोड जनसंख्या गरिबीबाट मुक्त भएका छन्।

    “ग्रामीण पर्यटनबाट ग्रामीण क्षेत्रमा विपन्न निर्मुल पार्ने तरिका पाँच प्रकारका छन्-पहिलो, ग्रामीण पर्यटनको व्यवसायमा प्रत्यक्ष सहभागी हुनु, उदाहरणका लागि फार्महाउस र ग्रामीण होटल चलाउनु हो। दोस्रो, ग्रामीण पर्यटनमा सेवा गर्नु हो। तेस्रो ग्रामीण पर्यटनको विकासमा आफ्नो कृषि उत्पादन र स्थानीय विशेषतायुक्त उत्पादनको विक्री गर्नु हो। जसबाट कृषि उत्पादनको विक्रीलाई विस्तार पार्नुका साथै मूल्य पनि माथि उकासिन्छ। चौथो, ग्रामीण पर्यटन संघमा भाग लिने र भूमि स्थानान्तरण गर्ने तरिकामार्फत बहाल पाउनु हो। पाँचौं पूँजी, मानव र भूमिद्वारा ग्रामीण पर्यटनमा भाग लिएर लाभांश पाउनु हो। ”

    ग्रामीण पर्यटनको विकास र वृद्धिको निहित शक्ति ठूलो हुने उपप्रमुख उले व्यक्त गर्नुभएको छ। किसानको आम्दानीलाई वृद्धि गर्न, ग्रामीण क्षेत्रमा विपन्नता हटाउन र कृषि ढाँचाको सुधार गर्न भविष्यमा राष्ट्रिय पर्यटन व्यूरोले नीति नियमको सुधार गर्ने, व्यवस्थापनलाई सुदृढीकरण गर्दैलैजाने तथा लगानी पनि बढाउनेछ।

    “भविष्यमा हामीले ग्रामीण पर्यटनको दिगो तथा स्वस्थ विकाससम्बन्धी नीति प्रस्तुत गर्नुका साथै ग्रामीण पर्यटनको स्तर माथि उकास्नेछौं । साथै हामीले विभिन्न विभागसँग लगानी बढाएर ग्रामीण पर्यटनमा स्वस्थ तथा सार्वजनिक सेवाको समस्याको समाधान गर्नेछौं। यी विविध कदम चालेर पर्यटनको माध्यमबाट विपन्न हटाउने कार्यलाई अगाडि बढाउने छौं।”

    हाल चीनमा सात करोडभन्दा बढी विपन्न जनता छन्। राष्ट्रिय पर्यटन व्यूरो र राज्य परिषद्को वार्ताअनुसार, तेह्रौं पञ्चवर्षिय योजना अवधिमा चीनले ग्रामीण पर्यटनद्वारा 17प्रतिशत गरिबी घटाउने योजना बनाएको छ। राज्य परिषद्अन्तर्गत विपन्न हटाउने कार्यालयका उपप्रमुख हुङ्ग थ्यान युनले गरिबी घटाउने तर्फमा पर्यटनलाई अझ बढी सहयोग गर्ने बताउनुभएको छ।

    “पायलट गाउँमा पर्यटन कार्यलाई अगाडि बढाउनेछौं। नमूनाको प्रमुख भूमिकालाई ध्यान दिएर विविध तरिकामार्फत सामाजिक श्रोत तथा पूँजी संकलन गरेर पर्यटनको माध्यमबाट विपन्न हटाउने कार्यलाई समर्थन दिनेछौं।”

    यी कदमहरुमार्फत सन् 2020सम्म चीनले राष्ट्रभरि एक लाख पचास हजार ग्रामीण पर्यटनसम्बन्धी विषेशतायुक्त गाउँको निर्माण गरिनेछ। त्यसैगरी तीस लाख परिवारले ग्रामीण पर्यटनमा भाग लिनुका साथै पटक पटक गरी पर्यटकको संख्या दुइ करोड पुग्नेछ। जसबाट आम्दानी दश खर्ब चिनियाँ युआन पुगेर पाँच करोड किसानहरुले फाइदा पाउने अनुमान गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान