तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

चार वर्ष लगाएर बेलायती महिला यात्रीद्वारा विश्व यात्रा पूरा

2015-11-26 19:44:54

सन् 2011मा बेलायती महिला यात्री सारा ओर्टेनले लण्डनबाट प्रस्थान गरेर एक्लैले कैनोइंग, साइकलिङ्ग र जहाजद्वारा विश्वव्यापी यात्रा गर्ने योजना गर्नुभयो। चार वर्षपछि उहाँले आफ्नो योजनालाई सफल बनाएर पुन लण्डन फर्कनु भयो यानि कि यो असामान्य यात्रा पूरा गर्नुभयो। आजको घुमघाम कार्यक्रममा हामी यो रमाइलो यात्राको बारेमा कुराकानी गर्छौं।

एक हजार छ सय 77 दिनको कठिन यात्रापछि बेलायती महिला यात्री सारा ओर्टेनले अद्भुत विश्वव्यापी यात्रा गरेर आफ्नो तीस वर्षे जीवनमा एउटा रोचक अनुभव सङ्गाल्नुभयो। बेलायती समयअनुसार, नभेम्बर तीन तारिख साराले करिब चालीस हजार किलोमिटरको कठिन यात्रा पूरा गरेर लण्डन टावर ब्रिज फर्कनुभयो। सो अवसरमा थेम्स नदीको किनारामा धेरै मान्छेहरू भेला भएर साराको शानदार यात्रा समापन भएकोमा ताली बजाएर स्वागत गर्नुका साथै प्रशंसा गरे र साथै त्यहाँ स्थानीय पनि प्रसन्न भएका थिए। साराले खुशीका साथ साथीहरुलाई अङ्गाल्नुभयो। उहाँले यसरी भन्नुभयो-

मेरो शरिरमा थेम्स नदीको गन्ध छ। त्यसैले नुहाउनुपर्छ। म मेरा परिवार र साथीहरुलाई जतिसक्छ चाँडो भेट्न चाहन्छु। म उनीहरुसँग लामो समयसम्म अलग रहनुका साथै धेरै कार्यक्रमहरू पनि मिस गरेकी छु।

सन् 2011 अप्रिल महिनामा 26 वर्षे सारा ओर्टेन बेलायतको लण्डनको प्रसिद्ध टावर ब्रिजबाट कैनोइंगद्वारा फ्रान्स पुग्नुभयो। त्यसपछि उहाँले साइकलद्वारा 17 हजार किलोमिटरको दूरि पार गरेर यूरेशियन महादेश हुँदै कैनोइंगद्वारा रुसबाट जापान पुग्नुभयो। सन् 2012मा उहाँ एक्लैले डुङ्गा खियाएर प्रशान्त महासागर पार गर्ने क्रममा ठूलो आँधीको सामना गर्नुपर्‌यो र सौभाग्य भन्नुपर्छ जापानी समुद्री गस्ती जहाजले उहाँको उद्धार गरेको थियो। सन् 2013 मा आफ्नो सानो जहाजको धेरै भागको मर्मत गरी उहाँ फेरि आफ्नो यात्रामा लाग्नुभयो। पाँच महिनापछि उहाँले अमेरिकाको अलास्का राज्यको आदक आइल्याण्ड पुगेर पूरै विश्वव्यापी यात्राको क्रममा सबैभन्दा गाह्रो भाग पूरा गर्नुभयो। सन् 2014मा सारा ओर्टेनले साइकलद्वारा लगभग आठ हजार किलोमिटर चालेर क्यानाडा र अमेरिका पार गर्नुभयो। त्यसरी उहाँले अमेरिकाको पूर्वी समुद्रतटवर्तीबाट एटलान्टिक महासागर पार गरेर अन्त्यमा लण्डन फर्कनुभयो। करिब चालीस हजार किलोमिटरको यात्रामा युवती साराले विश्वमा धेरै वटा रेकर्ड त्यो पनि प्रथमको रुपमा सिर्जना गर्नुभयो। एक्लो यात्रा र कठिनाइको बावजुद उहाँले धेरैभन्दा धेरै रमाइला विषयहरू याद गर्नुभयो-

कहिले म नदीमा नुहाउँदा मेरो नजिकै एउटा ठूलो भालु आएको थियो। कहिले जहाजको यात्रामा डल्फिन देखेँ। कहिले काहीं मेरो जहाजमुनि समुद्रमा ह्वेल देख्नसकिन्छ। यो यात्रामा धेरै सुन्दर र रमाइला क्षणहरू छन्।

आफ्नो लागि एउटा चुनौति स्वीकार्नुका साथै साराको यो यात्राको अर्को लक्ष्य स्तन क्यान्सर परोपकारी कार्यका लागि पूँजी सङ्कलन हो। हालसम्म उहाँले लगभग पचास हजार पाउण्ड सङ्कलन गरिसक्नुभएको छ। 


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान