नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

नान शान पहाडस्थित बुद्धमण्डप

2015-04-03 16:51:56

    शाङ्गहाइ एकस्पोबाट नेपाल पेभिलियनलाई स्थानान्तरण गरिएको विषयबारे बुद्धमण्डपकी प्रमुख लीउ ह्वी मिनले यसरी जानकारी दिनुभयो-

    “यो सबै नेपाल पेभिलियनलाई शाङ्गहाइ एकस्पोबाट स्थानान्तरण गरिएको हो। र हाल यस बुद्धमण्डपको क्षेत्रफल दुइ गुणा विस्तार गरिएको छ। सानया शहरीय नानशान बुद्ध पर्यटकीय क्षेत्र चीनको सबैभन्दा दक्षिणमा स्थित बुद्ध धार्मिक क्षेत्र हो। बुद्धको जन्मथलो लुम्बिनीको भ्रमण गर्ने हामो सबैभन्दा तीव्र इच्छा हो। नेपाल पेभिलियन र नेपालको बुद्ध सँस्कृतिलाई नान शानमा राखेर दुई मुलुकबीचको बौद्ध धार्मिक सँस्कृतिसम्बन्धी आदान-प्रदानलाई सबल पार्नुका साथै शिक्षा, सँस्कृति र नागरिक आवत-जावत पनि अगाडि बढाउने आशा गर्छौं।”

नान शान पहाडस्थित बुद्धमण्डप

    अब म बुद्धमण्डपको प्रदर्शन कक्ष र त्यहाँ प्रदर्शित चलचित्र बारेमा चर्चा गर्छु।

    बुद्धमण्डपको प्रदर्शनालयको केन्द्रीय भागको छेउतिर पर्ने सुनौलो मन्दिरमा बुद्ध धर्मका संस्थापक शाक्यमुनि बुद्धको मूर्ति छ। मूर्तिमा बुद्धको दाया हात छातीमा योगको मुद्रामा र वाया हात पृथ्वीलाई छोएको संकेतमा रहेको छ। यहाँ बुद्धको मूर्तिलाई आठवटा वुद्धिशत्वका महामायाले घेरका छन्। ती आठवटा बुद्धिशत्वका महामायामा मन्जुश्री, समानताभद्र, अभलोकेश्रर, वज्रपाणी, अकासगर्भ, शून्य बुद्धशत्व, मैत्रेय र सर्भानीभरण विशकम्विन रहेका छन्। यो मन्दिरको बाहिरपट्टि शाक्यमुनि बुद्धका हिनायाना अठार अनुयायीहरुको मूर्ति छन्। बुद्ध, बोधिशत्व, प्रतीक र श्रभकयाना सँगै रहेका छन्।

नान शान पहाडस्थित बुद्धमण्डप

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान