नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

नान शान पहाडस्थित बुद्धमण्डप

2015-04-03 16:51:56

    पोआउ एशियाली मञ्चमा सहभागी हुनका लागि नेपालका राष्ट्रपति रामवरण यादवले 26 तारिखदेखि चीनको भ्रमण गर्नुभएको थियो। चिनियाँ हाइनान प्रान्तीय सान या शहरमा उहाँले नान शान पहाडस्थित बुद्धमण्डपको निरिक्षण गर्नुभएको छ। यो बुद्धमण्डप के हो? आजको कार्यक्रममा हामी राष्ट्रपति ज्यूसँगसँगै बुद्धमण्डपको यात्रा गरौं।

नान शान पहाडस्थित बुद्धमण्डप

    हाइनानको सान्यामा स्थापित बुद्ध मण्डप सांघाई विश्व एक्स्पोको नेपाल पेभिलियनलाई स्थानान्तरण गरिएको हो। दुई वर्ष अगाडि यसलाई सांघाईबाट सारियो र सन् 2o15 को चिनियाँ वसन्त चाडका अवसरमा पर्यटक र धार्मिक व्यक्तिहरुका लागि खुला गरिएको हो। बुद्ध मण्डपलाई यसको सुरुको संरचनामा दोब्बर वृद्धि गरी 7500 वर्ग मिटरको बनाइएको छ। यसको पूर्ण संरचना एघारौँ शताब्दीमा नेपालबाट चीन आएका ख्यातिप्राप्त कलाकार अरनिकोको कलाशैलीमा बनाइएको छ। बुद्ध मण्डपको मुख्य भागमा ठूलो कचौराको वरिपरी सांकेतिक रुपमा नेपालका विभिन्न ऐतिहासिक समयावधिका घरहरु बनाइएको छ। नेपाल भगवान बुद्धको जन्मस्थल र बुद्धधर्मको श्रोत हो। बुद्धधर्मका संस्थापक शाक्यमुनि बुद्धको कथालाई बुद्धमण्डपले बोकेको छ। यसको पृष्ठभागलाई लोक संस्कृति र बुद्धधर्मलाई प्रष्ट्याउने खालका विभिन्न कलाकृतिहरुले सजाइएको छ जसले गहिरो रुपमा बुद्धधर्मको संस्कृतिलाई उजागर गर्छ। बुद्धमण्डपमा प्रयोग भएका काठ र टाइलहरु सबै हातले बनाइएका हुन्। यसका लागि नेपालका 350 जना कलाकारहरुलाई दुई वर्ष लागेको थियो। अत्यन्त सुन्दर गोलाकार अनि जटिल र उत्तम प्रविधिमा यसको निर्माण गरिएको छ।

नान शान पहाडस्थित बुद्धमण्डप

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान