नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

पोआउको यात्रा

2015-03-18 20:16:52

उच्च स्तरीय पर्यटकीय प्रबन्धबाहेक पोआउमा सुन्दर प्राकृतिक समुद्री तट युदाइ समुद्री तट पनि प्रसिद्ध छ। युदाइ समुद्री तटको लम्वाइ 8.5किलोमिटर पुगेर यस्को आकार अमेरिकी मियामी, मेक्सिकोको क्यानकुन र अस्ट्रेलियकाको गोल्ड कोस्टजस्तै बनेको देखिन्छ। यो एशियामा अद्वितीय छ। युदाइ समुद्री तटको अर्कोतिर वानछ्युआन नदी भएका हुनाले सन्1999 को जुन महिनामा यो समुद्री तट गिनीजद्बारा विश्व समुद्र र नदी विभाजन गर्ने सबैभन्दा साँघुरो समुद्री तट भनेर निश्चित गरिएको छ। त्यहाँ पुगेर तपाईंले जहाजमार्फत एकघण्टासम्म समुद्री तट वरिपरि धुम्न सक्नुहुन्छ। सुन्दर प्राकृतिक दृश्यबाहेक त्यहाँ पर्यटकले सबैभन्दा ताजा समुद्री खाना खान सक्नेछन्। 

हरेक वर्ष अक्टोबर महिनादेखि अर्को वर्षको मे महिनासम्म पोआउमा पर्यटनको व्यस्त मौसम हुनुका साथै अप्रिल महिनादेखि सेप्टेम्बर महिनासम्म बन्द-मौसमको रुपमा रहन्छ। पोआउको यात्रा

पोआउको नामबारे एउटा मिठो किंवदन्ती प्रचलित छ। धेरै लामो समयअघि दक्षिण समुद्रका ड्रैगन राजाकी छोरीले एउटा बच्चा जन्माइन्। यो बच्चाको नाम आउ हो। ड्रैगन आमाले बच्चा जन्माउने बेलामा वरिपरि निकै सौभाग्यपूर्ण दृश्य देखिएको थियो रे।तर यो बच्चा ड्रैगनजस्तै देखिएन। उस्को टाउको ड्रैगन जस्तै हुनुका साथै शरीर कछुवा र पुच्छर काल्पनिक जनावर किरिन Kirin जस्तै देखियो। छोरीले राक्षसलाई जन्माएको देखेर ड्रैगन राजालाई ज्यादै रीस उठ्यो। आमा र बच्चालाई दक्षिणी समुद्र तर्फ फर्किन नदिनका लागि उनले आफ्नो बेल्टलाई समुद्रमा राखेर युदाइ समुद्री तट अर्थात् नेपाली भाषामा बेल्ट समुद्री तट बनाए। आमाले दुःखित भएर दया याचना गर्दागर्दै मृत्यु भयो। उनको शरीर दक्षिण समुद्रतर्फ उन्मुख लुङ्गथान अर्थात् ड्रेगन पहाड बनेको छ। आफ्नी आमाको मृत्यु देख्दा ती बच्चालाई सारै रीस उठ्यो। जसबाट समुद्रमा भयंकर तूफान र समुद्री लहर आयो। स्थानीय सर्वसाधारण प्रकोप पीडित भए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान