नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

पोआउको यात्रा

2015-03-18 20:16:52

आगामी साता 26 तारिखदेखि पोआउ शिखर सम्मेलन आयोजना हुँदैछ। आजको घुमघाम कार्यक्रममा मैले चिनियाँ हाइनान प्रान्तीय पोआउ बारेमा केही जानकारी दिन्छु।पोआउको यात्रा

पोआउ बस्ती चिनियाँ हाइ नान प्रान्तीय छ्युङ्ग हाइ शहरमा पर्दछ। यो बस्तीको क्षेत्रफल 31 वर्गकिलोमिटर रहेको छ। त्यो पोआउ एशियाली मञ्चको स्थायी आयोजना स्थल पनि हो। त्यहाँ अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने भएका हुनाले चीनको प्रसिद्ध पर्यटकीय क्षेत्रमध्ये एक बनेको छ। यो शहरको पूर्वतिर चिनियाँ दक्षिणी समुद्र पर्नुका साथै उत्तरतिर एक सय किलोमिटर हाइनान प्रान्तीय सदरमुकाम हाइखौ शहर पर्दछ। त्यो शहर र प्रसिद्ध पर्यटकीय शहर सान्या शहरबीच दुई सय किलोमिटर मात्रै टाढा छ। हाइनान प्रान्तमा वान छ्युआन नदी, च्युच्याङ्ग नदी र लुङ्गकुङ्ग नदी त्यहीं पुगेर मिलेपछि दक्षिणी समुद्रतर्फ बगिरहेका छन्। भौगोलिक अवस्था राम्रो भएका हुनाले त्यहाँ नरिवल वन, समुद्री तट, समुद्र र स्पा लगायत विविध पर्यटकीय क्षेत्र रहेका छन्। विशेष प्राकृतिक अवस्था, राम्रो विकास योजना र उच्चस्तरीय निर्माण भएका हुनाले पोआउ हाइनान प्रान्तीय सरकारद्बारा निश्चित गरिएको केन्द्रिय पर्यटकीय योजना बनेको छ।

सन्2002 अप्रिल 12तारिखमा पोआउ एशिया मञ्चको पहिलो वार्षिक बैठक त्यहाँ आयोजना भएको थियो। पोआउ एशिया र विश्वको ध्यानाकर्षक बिन्दु बन्दै गएको छ। बैठक र पर्यटनको माग आपूर्ति गर्नका लागि त्यहाँ विविध शैलीका होटेल, भिल्ला, गल्फ मैदानलगायत लगभग तीस वटा भवनको निर्माण गरिएको छ। पोआउ एशिया मञ्चको स्थापनाको अवधारणाले मूर्त रुप पाएपछि पटक-पटक गरी 50 लाख पर्यटकले त्यस क्षेत्रको यात्रा तय गरेका छन्। पोआउको यात्रा

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान