तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

जनवृहत सभाभवनको परिचय

2015-03-05 16:05:09

जनवृहत सभाभवनको परिचयपूर्वी प्रवेशद्वार भवनको मुख्य प्रवेशद्वार हो। पाँचवटा सुनौला ढोकामाथि ठूलो राष्ट्रिय चिन्ह राखिएको छ। ढोकालगाडि रहेको व्यापक चोक राष्ट्रिय पाहुना स्वागत समारोह र सेनाको समीक्षा समारोह गर्ने ठाउँ हो। पूर्वी ढोकाबाट प्रवेश गरेर केन्द्रीय हलमा पुग्न सकिन्छ।

केन्द्रीय हलको क्षेत्रफल 3 हजार 6 सय वर्गमिटर रहेको छ। यो केन्द्रीय हल रंगरंगी ढुंगाद्बारा बनाउनुका साथै वरिपरि बीसवटा ठुला स्तम्भहरु छन्।

केन्द्रीय हलबाट भित्रतिर प्रवेश गर्दा दश हजार व्यक्ति अट्ने मुख्य भवनमा पुगिन्छ। यो सभाहलमा ड्यास लगायत सबै सिटको संख्या दश हजार पुगेको हुनाले यसलाई दश हजारौ जनभवन पनि भनिन्छ। यो भवनमा दक्षिणबाट उतरसम्मको लम्वाइ 76 मिटर हुनुका साथै पूर्वबाट पश्चिमसम्मको लम्वाई 60 मिटर पुगेको छ। साथै उसको उचाई 33मिटर छ। भवनको आकार प्रशंसक आकारजस्तै रहेको छ। सभाकक्षभित्र हरेक सिटबाट अध्यक्षको सिट देख्नसकिन्छ।जनवृहत सभाभवनको परिचय

मुख्य सभाकक्षबाहेक जन वृहत सभा भवनमा थाइवानलगायत चीनका विभिन्न प्रान्त, केन्द्र शासित शहर र विशेष प्रशासनिक क्षेत्रको नाममा 33 वटा सभाकक्ष रहेका छन्। विभिन्न सभाकक्षमा विभिन्न प्रान्तका विशेषतायुक्त वस्तु राखिएका छन्।

अब म अर्को विशेषतायुक्त भवनबारे चर्चा गर्दैछु।

जनवृहत सभाभवनको परिचयतेस्रो तहमा रहेको केन्द्रीय भवन पार्टी र चीनका नेतागणले विदेशीराष्ट्रनायकसँग भेट-घाट गर्ने र विदेशी राजदुतले प्रमाण-प्रत्र प्रदान गर्ने ठाउँ हो। साथै चिनियाँ राष्ट्रनायकहरुले त्यहाँ पत्रकार सम्मेलनको आयोजना पनि गर्नुहुन्छ। सन् 1993 देखि हरेक वर्ष दुईटा राष्ट्रिय अधिवेशनको अवसरमा चिनियाँ प्रधानमन्त्रीले त्यहाँ पत्रकार सम्मेलनको आयोजना गर्ने चलन छ। सन्2010 मा सम्वाददाताको संख्या बढी भएकाले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको पत्रकार सम्मेलन पनि त्यहाँ आयोजित भएको थियो। त्यो भवन निकै सुन्दर र राजकीय भएकाले त्यो भवनलाई सुनौलो भवन पनि भनिन्छ।

हाल जन वृहत सभा भवन सर्वसाधारणसमक्ष खुला भएको छ। डिसेम्बरदेखि अर्को मार्चसम्म हरेक दिन नौ बजेदेखि दिउँसो दुई बजेसम्म, अप्रिल महिनादेखि जुन महिनासम्म हरेक दिन बिहान सवा आठबजेदेखि दिउँसो तीन बजेसम्म, जुलाइ तथा अगष्ट महिनामा हरेक दिन बिहान साढे सातदेखि दिउँसो चारबजेसम्म र सेप्टेम्बरदेखि नोभेम्बरसम्म हरेक दिन बिहान साढे आठदेखि दिउँसो तीन बजेसम्म सर्वसाधारणका लागि जन वृहत सभाभवन खुल्ने गर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान