नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

जनवृहत सभाभवनको परिचय

2015-03-05 16:05:09

हाल चीनको राजनीतिमा सबैभन्दा महत्वपूर्ण मानिएका दुईवटा राष्ट्रिय अधिवेशन अर्थात् चिनियाँ राष्ट्रिय जन कंग्रेस र चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन जारी रहेका छन्। हरेक वर्ष दुईवटा राष्ट्रिय अधिवेशन पैचिङ्गस्थित जन वृहत सभा भवनमा आयोजित हुने चलन छ। यो भवन चीनमा निकै प्रसिद्ध छ। आजको घुमघाम कार्यक्रममा मैले जन वृहत सभा भवनको बारेमा जानकारी दिँदैछु। जनवृहत सभाभवनको परिचय

थ्यान आन मन चोक चीनको राजधानी पैचिङ्गको मात्र होइन चीनको पनि एउटा नामी ठाउँ हो। थ्यान आन मन चोकको पश्चिमतिर जन वृहत सभाभवन छ। एक सय युआनको चिनियाँ मुद्रामा जन वृहत सभा भवनको चित्र अङ्कित छ।

सन् 1959 जन गणतन्त्र चीन स्थापना भएको दशौं वार्षिकोत्सवको उपलक्षमा दश वर्षमा हासिल गरिएको उपलब्धि देखाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति र राज्य परिषदले दशवटा भवनको निर्माण गर्ने निर्णय गरेको थियो। जन वृहत सभा भवन ती दशवटा भवनहरुध्येको एक हो।

सन्1958 अक्टोबरदेखि निर्माण सुरु भएर सन् 1959 सेप्टेम्बरसम्मको दस महिनाको अधविमा यो बनेको हो। जन वृहक सभाभवको उचाइ 46 मिटर, लम्वाइ 3 सय 36 मिटर र चौडाई 2 सय 6 मिटर पुगेको छ।

जन वृहत सभा भवन तीन भागमा विभाजित भएको छ। मध्य भाग महत्वपूर्ण बैठकको आयोजना गर्ने, मनोरञ्जन कार्यक्रम देखाउने र सामूहिक भेला गर्ने दस हजार व्यक्ति अट्ने भवन हो। उत्तरपट्टिको भाग पाँच हजार व्यक्ति अट्ने स्वागत भोज दिने भवन हो। दक्षिणपट्टिको भागमा विभिन्न भवनहरु छन्। सामान्य रुपमा राष्ट्रिय जनकाँग्रेसको स्थायी समितिले जन वृहत सभा भवनको दक्षिण भागमा बैठक र कार्य गर्ने गर्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान