नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

चीनद्वारा “बौद्धिक पर्यटन”को विकास

2015-02-08 19:25:41 CRI

हालैका केही वर्षयता “बौद्धिक पर्यटन” को चीनमा व्यापक रुपमा चर्चा हुँदै आएको छ।  “बौद्धिक पर्यटन” भनेको दूर सञ्चार र इन्टर्नेट प्रविधि र प्रबन्धमार्फत् पर्यटन सेवा, पर्यटन व्यवस्थापन, पर्यटन बिक्री, पर्यटन अनुभवकोलाई साकार तुल्याउनु हो। हाल “बौद्धिक पर्यटन”को अवधारणा चीनका विभिन्न शहर र दर्शनीय स्थलको निर्माणमा व्यापक रुपमा फैलिएको छ।

पर्यटकहरुले पैचिङ्गको यी ह युआन दरबार घुम्न जाँदा तीन तरीका अपनाउन सक्छन् आफै घुम्ने, एकजना गाइडको सहारामा घुम्ने,  वा इलेक्ट्रोनिक निर्देशन मेशिनको भाडा लिई अवलोकन गर्ने। गत जनवरी तेह्र तारिखदेखि पर्यटकहरुले यी ह युआन दरबार घुम्न जाँदा नयाँ निर्देशक माध्यमको प्रयोग गर्न थालेका छन्। पर्यटकहरुले मोबाइलद्वारा यी ह युआन दरबारको निर्देशक सफ्टवेयर डाउनलोड गरेपछि यसको सफ्टवेयरमार्फत यी ह युआन दरबारको अवलोकन गर्नसक्छन्।

यो ए.पी.पी.मा यि ह युआन दरबारका एक सय बाह्र वटा दर्शनीय स्थल र नौ वटा पर्यटन लाइनको जानकारी समावेश छ। यो सफ्टवेयरले अक्षर, फोटो, आवाजमार्फत पर्यटकहरुलाई पर्यटन लाइनबारेको जानकारीआदि सेवा उपलब्ध गराउँछ। यि ह युआन दरबारको कार्यालयका उप प्रमुख ली खुनकाअनुसार, यस किसिमको ए.पी.पीको सबैभन्दा ठूलो विशेषता के हो भने आधुनिक र न्यूनतम खपतको ब्लूटुथमा‍र्फत पर्यटकहरुले पार्कमा आफ्नो ठाउँ तोक्नसक्ने र पर्यटन सूचना पाउनसक्ने छन्।

गाइड सफ्टवेयर प्रस्तुत गरिएपछि धेरै पर्यटकहरुलाई व्यवहारिक रुपमा प्रयोगका लागि आकर्षित गरिएको छ।

“मेरो विचारमा यो ए.पी.पी. निकै आवश्यक छ। हामीले थाहा नपाएका धेरै सूचनाहरु पाउनसक्ने छौं।”

यि ह युआन दरबारद्वारा प्रस्तुत गरिएको मोबाइलमार्फत घुम्ने निर्देशन सफ्टवेयर पैचिंगको हाई तेन क्षेत्रले प्रस्तुत गरेको “बौद्धिक पर्यटन” परियोजनाहरुमध्येको एक हो। यसै फेब्रुअरी महिनाको अन्त्यदेखि पर्यटकहरुले यि ह युआन दरबारभित्र निःशुल्क इन्टर्नेट चलाउन सक्ने छन्।

वास्तवमा चीनले सन् 2011देखि “बौद्धिक पर्यटन”को विकास गरिरहेको छ। यि ह युआनवाहेक, च्यू चाइ कौ, अ मै शानआदि दर्शनीय स्थलहरु र पैचिंग, ऊ हान, छङ तु, नान चिंगआदि शहरहरुले “बौद्धिक पर्यटन”को परीक्षण गरिरहेका छन्। पैचिंग लेन ह विश्वविद्यालयअन्तर्गत पर्यटन प्रतिष्ठानका उप प्रमुख चाङ लिङ युनको विचारमा चीनको दूर सञ्चार प्रविधिको तीब्र विकास र हाल पर्यटन बजारको आवश्यकताको परिवर्तनको साथसाथै “बौद्धिक पर्यटन”को विकास जरुरी छ।

हाल चीनको राष्ट्रिय पर्यटन व्यूरोले “बौद्धिक पर्यटनको विकासलाई बढाउने प्रस्ताव” सार्वजनिक गरेको छ। उक्त प्रस्तावअनुसार, चीनले संग्रहालय, विज्ञान तथा प्रविधि संग्रहालय, पर्यटन दर्शनीय स्थललाई बौद्धिक पर्यटन माध्यमको प्रयोग गर्न, टिकटको अग्रिम आरक्षण व्यवस्थानको स्थापना गर्न, दर्शनीय स्थलको भीडको अनुमान प्रणाली र पर्यटन आरामको मूल्यांकन प्रणालीको स्थापना गर्न प्रोत्साहन गर्ने छ।

उक्त प्रस्तावले जनाएअनुसार, सन् 2016सम्म चीनले बौद्धिक पर्यटनको दर्शनीय स्थलहरु, बौद्धिक पर्यटनको उद्योग-व्यवसायहरु र बौद्धिक पर्यटन शहरहरुको निर्माण कार्य पूरा गर्ने, राष्ट्रिय बौद्धिक पर्यटनको सार्वजनिक सेवाको सञ्जाल र चौतारोको निर्माण पूरा गर्ने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान