नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

2014-10-30 10:02:01

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

हाल बोस्टनको एउटा जाँचबुझ कम्पनी अर्थात् बीसीजी तथा सारा विश्वको सबैभन्दा ठूलो पर्यटन वेभसाइटले संयुक्त रुपमा "सन् 2013 चिनियाँ यात्रुहरूद्बारा गरिएको यात्रा सर्भेक्षण प्रतिवेदन"जारी गरेका छन्। त्यस प्रतिवेदनमा सन् 2013 मा चिनियाँ यात्रुहरूको पर्यटन अवस्थामा देखा परेका विभिन्न प्रकारका परिवर्तनहरूबारे ब्याख्या गरिएको छ।

    उक्त प्रतिवेदनका अनुसार, सन् 2013मा पैचिङ्ग, शाङ्गहाई, क्वाङ्ग चौ र शन चन यी चारवटा ठूला शहरबाहेक अन्य मझौला शहरका झन् झन् बढी पर्यटकहरूले देश र विदेशको यात्रा गर्न छनौट गरेका थिए। तीमध्ये वन चौ, पाउ थौ र यी छाङ्ग यी तीनवटा शहरमा देश पार गरी यात्रा गर्ने पर्यटकहरूको सङख्या सबैभन्दा तीव्र गतिले वृद्धि भएको देखिन्छ।

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

    बितेका केही वर्षको तुलनामा सन् 2013मा चिनियाँ पर्यटकहरूले पर्यटनको क्रममा उपभोग गर्ने तरिकामा पनि केही नयाँ परिवर्तन देखा परेको देखिन्छ। सन् 2012को दाँजोमा सन् 2013मा चिनियाँ यात्रु विशेषगरी युवा यात्रुहरूले आफ्नो पैसालाई अझ उच्च गुणस्तरीय होटेल, किनमेल र रेस्टुराँमा प्रयोग गर्नका लागि छनौट गरेका थिए। उक्त प्रतिवेदनका अनुसार, फ्रान्स तथा इटली दुवै देश विश्वप्रख्यात मार्का लुइस भिट्टन र प्रादाका उद्गम स्थल नै हुन्। त्यसैकारण ती दुईटा देश सारा विश्वका पर्यटकीय गन्तव्यहरूमध्ये आफ्नो सशक्त प्रतिस्पर्धात्मक शक्ति रहेका देश हुन्। तर चिनियाँ यात्रुहरूको विचारमा आवत-जावत गर्ने विमान अथवा रेलको टिकट मूल्य पर्याप्त सस्तो छ भन्ने निकै राम्रो हुने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान