नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

एक वास्तविक तिब्बतको जानकारी दिने तिब्बत सम्बन्धी दुईटा पुस्तक जर्मनीमा सार्वजनिक

2015-06-26 18:17:16 CRI

जर्मनको जाम्बोन प्रकाशन संस्थाले गत वर्षको अक्टोबर र यस वर्षको मार्चमा बेग्ला बेग्लै गरी लक्जमबर्गका विद्बान् अल्बर्ट एटिङ्गरद्बारा लिखित “स्वतन्त्र तिब्बत? दलाइ लामाको शासनमा राष्ट्र,समाज,विचारधारा”र“तिब्बती लडाईमा आधारित अन्तर्राष्ट्रिय द्वन्द्वको इतिहास,पृष्ठभूमि,भविष्य”नामक दुई वटा पुस्तक प्रकाशन गरेको छ। यी दुई पुस्तकबाट पुरानो तिब्बतको धीमा गति,चौधौं दलाई लामाको वास्तविक अनुहार,तिब्बत स्वतन्त्र शक्तिको गतिविधि,पश्चिमा जगतको विविध झूटा आरोप आदिबारे उल्लेख गरिएको छ।

यस जुन 21 तारिख विद्बान् एटिङ्गरले ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै यी पुस्तकमार्फत् सर्वसाधारणसमक्ष एक वास्तविक तिब्बतको जानकारी दिने इच्छा राखिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार पश्चिमा मुलुकमा“तिब्बती मिथक”लामो समयदेखि एक पप संस्कृतिको रुपमा बाँचिरहेको छ। केही पश्चिमा पुस्तक,चलचित्रबाट सर्वसाधारणको मनमा तिब्बत सम्बन्धी कपोलकल्पित छाप बसाइएको छ। चीनको आर्थिक बढावाप्रति झस्किएको पश्चिमा सञ्चार माध्यमले ठूलो परिमाणको प्रायोजित खबरमार्फत् चीनको मानहानी गरेको छ। वास्तवमा चीनको शासनमा तिब्बत तीब्र गतिमा विकसित भइरहेको देखिन्छ। तिब्बतको भविष्य केन्द्रीय सरकारको शक्तिशाली समर्थनसित अविच्छिन्न रुपमा सम्बन्धित रहेको छ। सामाजिक र भौतिक अवस्था लगातार विकसित हुनुका साथमा विदेशमा बस्ने तिब्बती जातिहरुले चीनप्रति लिएको धारणा पनि दिनप्रति दिन परिवर्तन हुँदै जानेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान