नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

तिब्बतको ल्हासामा स्थापित च्याङ सु प्रयोगात्मक माध्यमिक विद्यालय

2015-04-09 08:55:27 CRI

सन् 2014को अगष्ट महिनामा तिब्बतको ल्हासामा स्थापित च्याङ सु प्रयोगात्मक माध्यमिक विद्यालय औपचारिक रुपमा संचालन भएको छ। च्याङ सु प्रान्तले पचास जना उत्कृष्ट शिक्षक-शिक्षिकालाई सो माध्यमिक विद्यालयको प्रशिक्षणमा सहायताका लागि पठाएको थियो। शिक्षक चाङ वै पचास जना शिक्षक-शिक्षिकामध्येका एक हुनुहुन्छ। उहाँका आँखामा तिब्बतको शिक्षा अवस्था कमजोर देखिन्छ, तिब्बतको शिक्षामा सहायता दिनु उहाँले वहन गर्नुपर्ने एक दायित्व हो। उहाँले प्रयोगात्मक अवधारणालाई तिब्बतमा लागू गर्नुका साथै स्थानीय विद्यार्थीको वास्तविक अवस्थाबमोजिम धेरै प्रयास गर्नुभएको छ।

“यहाँ प्रयोगात्मक योजना पुनःडिजाइन गरिएको छ। च्याङ सु प्रान्तको माध्यमिक विद्यालयको प्रशिक्षण ल्याउनु स्थानीय अवस्थासित मेल खाएको देखिँदैन। जस्तै भनौं मेरो आजको प्रशिक्षण योजना लामो समयदेखि तर्जुमा गरिएको थियो र यहाँका विद्यार्थीका लागि खास गरी तर्जुमा गरिएको हो।”

च्याङ सुको अत्याधुनिक शिक्षा अवधारणा र तिब्बतको वास्तविकता मिलाउनु र तिब्बतको शिक्षामा सहायता दिने कार्यको विकासलाई प्रबर्द्धन गर्नु ल्हासमा स्थापित च्याङ सु प्रयोगात्मक माध्यमिक विद्यालय संचालन गर्नुको उद्देश्य हो। यस माध्यमिक विद्यालयका प्रमुख ली मिङ शङले विद्यालयको नारा “घरको ढोकाअगाडि स्थापित तिब्बती कक्षाको सिर्जना” अर्थात् ल्हासाको उत्कृष्ट विद्यालय, तिब्बत र च्याङ सुको साँस्कृतिक पार्कको स्थापना भएको बताउनुभयो।

“तिब्बतमा च्याङ सुको तिब्बती कक्षा स्थानीय विद्यार्थीका लागि आकर्षण बनेको छ। ल्हासाका बालबालिकाले अध्ययन गर्नका लागि भित्री प्रदेश जान सक्दैनन्। हामीले तिब्बतमा भित्री प्रदेशसित मिल्ने वातावरण, उस्तै प्रशिक्षण र उस्तै सेवा उपलब्ध गराउने हो भने ल्हासाका वासिन्दाका लागि अझै राम्रो सेवा उपलब्ध गराइने छ।”

ल्हासामा स्थापित च्याङ सु प्रयोगात्मक माध्यमिक विद्यालय च्याङ सु प्रान्तद्वारा 26 करोड 30 लाख चिनियाँ युआन लगाई निर्माण गरिएको हो। ल्हासा शहरको तेस्रो उच्च माध्यमिक विद्यालयको आधारमा माध्यमिक विद्यालय थपिएको छ। हाल यस विद्यालयका 2 हजार 3 सय 50 जना विद्यार्थी छन्। तीमध्ये 1 हजार 4 सय 73 जना विद्यार्थीले “ निःशूल्क खाना, आबास र सिकाई” नीतिको उपभोग गरिरहेका छन्। विद्यार्थी भुपुका बुबा र आमा पशुपालक किसान हु्न्। उनको घरको आर्थिक अवस्था निकै कमजोर छ। चिनियाँ केन्द्रीय जाति विश्वविद्यालयमा भर्ना हुने उनको सपना छ। ल्हासामा स्थापित च्याङ सु माध्यमिक विद्यालयको सिकाई र जीवनबारे चर्चा गर्दा उनले भने

“यहाँ बस्न र खान निकै राम्रो छ। शिक्षक-शिक्षिकाले हाम्रो सिकाई समस्यामाथि नजर पुर्‍याउने मात्र नभई शरीरिक र जीवन सम्बन्धी समस्यामाथि ध्यान दिएका छन्। मेरो परिवार गरिब छ। “निःशूल्क खाना, आबास र सिकाई” नीतिका कारण बस्न र खान पैसा तिर्नु पर्दैन। मेरो विचारमा विद्यालयको पूर्वाधार पनि राम्रो छ। मैले सफल अध्ययन र एक राम्रो विश्वविद्यालयमा भर्ना हुन प्रयास गर्नेछु।”

विद्यार्थीहरुलाई अझै सुविधायुक्त सिकाई वातावरणको उपभोग गराउनका लागि ल्हासामा स्थापित च्याङ सु माध्यमिक विद्यालयले शिक्षाको आधुनिकीकरणमा लगानी बढाउँदै जाने जनाएको छ।

तिब्बत स्वायत्त प्रदेशको शिक्षा विभागको तथ्यांकअनुसार, सन् 2001देखि केन्द्रीय सरकारले तिब्बतको शिक्षामा पचास अर्ब चिनियाँ युआन लगाएको छ। तिब्बतको शिक्षामा सहायता दिने परियोजनाको संख्या 1 हजार 8 सय 32 पुगेको छ।  


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान