नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

सन् 2014मा तिब्बती विदेशी व्यापार तेह्र अर्ब चिनियाँ युआनभन्दा बढी

2015-02-25 18:01:47 CRI

ल्हासा भन्सारबाट प्राप्त तथ्याङ्कका अनुसार, सन् 2014 मा तिब्बतको कूल विदेशी व्यापारको मात्रा तेह्र अर्ब 84 करोड असी लाख चिनियाँ युआन पुगेको छ। यो तथ्याङ्क सन् 2013 को तुलनामा 32.96 प्रतिशतले घटेको छ। तीमध्ये निर्यात मात्रा बाह्र अर्ब नब्बे करोड चिनियाँ युआन पुगेको छ भने सन् 2013 को तुलनामा 36.6 प्रतिशतले घटेको छ। आयात मात्रा चौरान्नब्बे करोड असी लाख चिनियाँ युआन पुगेको छ भने सन् 2013 को तुलनामा 205 प्रतिशतले बढेको छ।

प्राप्त जानकारीका अनुसार, गत अगष्ट र सेप्टेम्बरमा तिब्बतमा सबभन्दा ठूलो व्यापार साझेदार नेपालको तातोपानी नाकामा पहिरोको कारण बाटो अवरुद्ध भएको थियो जसबाट धेरै सामान ढुवानी हुन नसकेको र लामो समयसम्म दुवै पक्षीय व्यापार पनि अवरुद्ध भएको थियो। यो अवरुद्ध नै गत वर्ष तिब्बतको कूल विदेशी व्यापार मात्रा धेरै घटेको मुख्य कारण पनि बनेको छ।

विश्लेषकका अनुसार, ल्हासा-सिगाचे रेलमार्ग संचालन हुने, चिलुङ्ग नाका विस्तार भएर पुनःखोल्ने, स छ्वान-तिब्बत रेलमार्ग निर्माण कार्य सुरु भएको, हिमालय आर्थिक क्षेत्र बनाउने प्रस्ताव प्रस्तुत गरेको आदि फाइदाजनक तत्वको आधारमा भविष्यमा तिब्बतको विदेशी व्यापारको ठूलो विकास हुनेछ र तिब्बती अर्थतन्त्रलाई बढाउने नयाँ इन्जिन पनि बन्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान