नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

तिब्बती जातीय हस्तकला गाउँ

2014-10-30 15:27:12

    दक्षिण-पश्चिमी चीनको स छ्वान प्रान्तको कान च तिब्बत स्वायत्त प्रिफेक्चरमा चिन शा नदी पर्छ। सो चिन शा नदीको दक्षिणी भेगमा एउटा तिब्बती जातीय हस्तकला गाउँ छ। त्यो गाउँ ह फो टाउन्सिपको फु मा पर्छ। त्यहाँ एउटा तीन तले सरल तथा कच्चा काठे भवन छ। त्यो त हजारौँ हस्तकला रहेको राष्ट्रस्तरीय अमूर्त सम्पदा स्कुल-ह फो जातीय हस्तकला स्कुल हो।

    उक्त काठे भवन नपुग्दा टाढाबाट पिट्ने आवाज सुन्नपाइन्छ। साँघुरो काठे सिँढीबाट दोस्रो तलको धातु हस्तकला कक्षा पुगिन्छ। त्यहाँ छ सात जना धातु हस्तकलाकार र उहाँहरुका विद्यार्थीले झ्याल अगाडि बसेर आफ्नो हातमा रहेको कलावस्तुमा ध्यान दिइरहेका हुन्छन्।

तिब्बती जातीय हस्तकला गाउँ

    ह फो धातु हस्तकला नै सुन, चाँदी, तामा आदि सामग्रीको आधारमा मुख्यतः हतियार, बुद्ध, जीवनबस्तु र सिंगार-पटार वस्तु उत्पादन गरिन्छ। त्यस्को इतिहास एक हजार तीन सय वर्षभन्दा लामो छ। किम्बदन्तिअनुसार, पहिला त्यहाँ तिब्बती जातिका बहादुर गेसारको सैन्य हतियार कारखाना थियो। ह फो धातु हस्तकलाको उत्पादन प्रक्रिया निकै जटिल छ। हरेक प्रक्रियाको तिब्बती जातीय सांस्कृतिक विशेषता छ। तीमध्ये सबभन्दा नामी भनेको तिब्बती चक्कु हो। तीव्र तथा सुन्दर छ त्यसैले ह फो तिब्बती चक्कुको व्यवहारिकता, गहनाको रुपमा संकलित मूल्य पनि छ।

    ह फो हस्तकलाको लामो इतिहास, गहिरो सम्पर्क आधार अनि विशेष जातीय विशेषता जोडेर उक्त हस्तकलालाई उर्वर कलात्मक जीवनशक्ति दिइएको छ। ह फो टाउन्शिपका अध्यक्ष च्याङ युङ स्याङ भन्नुहुन्छ हाम्रो ह फो टाउन्शिपका 571 परिवार छ जनसंख्या तीन हजार आठ सय 87 पुगेको छ। तीमध्ये चार सयभन्दा बढी परिवारले हस्तकलाको काम गर्छन्। लगभग हरेक परिवार एउटा घरेलु कार्यशाला हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान