नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

शेर्पा गाउँमा सरकारी कार्यटोली

2014-10-30 14:03:07

    तिब्बत स्वायत्त प्रदेशको न्येला जिल्लाको खासा टाउन्सीपको लिसिन गाउँमा सात सयभन्दा बढी शेर्पाहरु बस्छन्। चीन र नेपालको सीमा क्षेत्रमा पर्ने लिसिन गाउँमा पहाडी भाग र वनजंगल रहेको छ। त्यहाँका गाउँले खेतिपाती गर्ने, शहरमा काम गर्ने, सीमा व्यापार गर्ने काम गर्छन्। सन् 2011 मा तिब्बत स्वायत्त प्रदेशले “कार्यकर्ता गाउँमा तैनाथ” नीतिको पालना गरेयता ल्हासाबाट आएको एक कार्य टोलीले त्यहाँ पुगेर काम गर्न थालेको थियो। गाउँलेको कठिनाइको समाधान गरी धनी बनाउने उहाँहरुको कार्यनीति रहेको छ। तीन वर्ष बितेपछि लिसिन गाउँको रुप ठूलो परिवर्तन भएको मात्र नभई गाउँलेको पुरानो विचारधारा पनि परिवर्तन हुँदैछ।

शेर्पा गाउँमा सरकारी कार्यटोली

    खासा टाउन्सीपबाट निस्केर साँघुरो पहाडी बाटोमा साढे एक घण्टासम्म गाडी चलेर हामी शेर्पाहरु बसोबास भएको लिसिन गाउँ पुग्यौँ। गाउँ आइपुग्दा एउटा युपरोपेली शैलीको दृश्यावलोकन प्ल्याटफोर्मले हाम्रो ध्यान तान्यो। इस्पात प्रारुपको आधारित प्ल्याटफोर्ममाथि काठ ढाकेर चट्टानमा बस्ने परम्परा रहेछ। त्यहाँ उभिँदा पानी बगेको र चराचुरुङ्गीको चिरविर आवाज निकै मोहक सुनिन्थ्यो। विशाल वन जंगल, गहिरो उपत्यका र सीमा लाइनको उत्तापट्टि पर्ने नेपाली घरहरुबाट खाना पकाउँदा निस्केको धुवाँले सुन्दर दृश्य बनेको थयो। त्यसले हामीलाई निकै आकर्षण गरेको छ। त्यहाँभन्दा दश मिटरभन्दा बाहिर एउटा तीन तले सुन्दर घर। त्यो घर मेइदोको हो।

    यदि मेइदोको जानकारी नभएमा तपाईँले छ महिना अगाडि त्यहाँको अवस्था कस्तो थियो भन्ने थाहा पाउन सक्नुहुन्छ। उक्त रमणीय दृश्यावलोकन प्ल्याटफोर्म रहेको ठाउँमा एउटा अत्यन्त दुर्गन्धित फोहोर फाल्ने ठाउँ मात्रै थियो। मेइदोको घर पनि एउटा पुरानो र सानो थियो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान