नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

तिब्बतमा विजुलीरहित “छापा संग्रहालय”

2014-10-29 16:23:37 CRI

    मुद्रणकला चीनको पूराना कालका चार महान आविष्कारहरुमध्येको एक हो। परम्परागत काठको ब्लकबाट हुने मुद्रण प्रविधि वर्तमान कम्प्युटर इन्टर्नेट युगमा देख्नपाइन्दैन तर छिङ हाइ-तिब्बत पठारको दक्षिण-पूर्वी सीमा क्षेत्रमा पर्ने स छ्वान कान च तिब्बत जातीय स्वायत्त प्रिफेक्चरको दग सुत्र मुद्रण घरमा परम्परागत काठको ब्लकद्वारा हुने मुद्रण प्रविधिको प्रयोग देख्न पाइन्छ।

    दग नै खाङ पा तिब्बती क्षेत्रको सांस्कृतिक केन्द्र हो। दग सुत्र मुद्रण घर र तिब्बत ल्हासा मुद्रण, कान सु लाब्राङ्ग सुत्र मुद्रण घरलाई तिब्बतका तीनटा मुख्य सुत्र मुद्रण घर मानिन्छ। तीमध्ये दग सुत्र मुद्रण घर नै सबभन्दा बढी किसिमका तिब्बती सांस्कृतिक पुस्तक, सबभन्दा उच्च मुद्रण गुणस्तर भएको रुपमा यी तीनटा मुख्य सुत्र मुद्रण घरको प्रथम स्थानमा बसेको छ। दग सुत्र मुद्रण घरको तिब्बती शास्त्री च अर दो जि बताउनुहुन्छ 'सुत्र मुद्रण घरको मुद्रण प्रक्रियाको इतिहास 2 सय 84 वर्ष भइसक्यो। त्यसअघि दग काठको ब्लकबाट मुद्रण प्रविधि लगभग दुई सय वर्षको इतिहास भइसक्यो। त्यसैले सम्पूर्ण दग काठको ब्लकबाट हुने मुद्रणको इतिहास लगभग पाँच सय वर्षको भइसक्यो।'

तिब्बतमा विजुलीरहित “छापा संग्रहालय”

    दग सुत्र मुद्रण प्लेटको लामो इतिहास छ साथै प्लेट बनाउने प्रक्रिया पनि निकै परिष्कृत छ र परम्परागत कला र प्रक्रियाको प्रयोग गरिरहेको छ। यस सम्बन्धी च अर दो जि भन्नुहुन्छ 'दग सुत्र मुद्रण घर स्थापना भएयता सुत्र मुद्रण प्रक्रिया यस प्रकार छन्: पहिलो, मुद्रण प्लेट उत्पादन, दोस्रो, मुद्रण प्लेट कुँद्‍नु, तेस्रो, मुद्रण प्लेट चेक र अन्तमा मुद्रण प्लेट राख्नु हो।'

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान